अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

शास्त्रीय संगीतमय बसन्त पञ्चमी

बिआरटीनेपाल २०७३ माघ १९ गते १०:१३ मा प्रकाशित

श्रीपञ्चमीको अबसरमा संस्कृतिक संस्थानले बसन्त युवा शास्त्रीय संगीत उत्सब आयोजना गर्यो। बसन्त पञ्चमीको अवसर पारेर आयोजित कार्यक्रममा बरिष्ठ तवला बाधक रामहरि गुरुङलाई शास्त्रीय संगीत साधक सम्मान प्रदान गर्नुका साथै बसन्त राग संगै बसन्त ऋतु संग सम्बन्धित अन्य रागहरु पनि प्रस्तुत गरियो ।

संस्थानका अध्यक्ष उधोग राई, महाप्रबन्धक राजेश थापा, अग्रज संगीतकार दीपक जँगम, मिरा राणा लगायतले संयुक्त रुपमा शास्त्रीय संगीत साधक सम्मान प्रदान गरेका हुन् ।

संस्थानका महाप्रबन्धक थापाले आफुहरुले हरेक वर्ष संस्थानले शास्त्रीय कार्यक्रम गर्दै आएको जानकारी गराए । सँगीतकार दिपक जँगम, प्रभु ढकाल र मिरा राणाको तीन सदस्यीय समितिले गुरुङलाई सम्मानका लागि चयन गरेको पनि महाप्रबन्धक थापाले जानकारी गराए ।
बरिष्ठ कलाकार एवं बेलाबादक गोपालनाथ योगीले हरेक वर्ष वसन्त पञ्चमीको दिन शास्त्रीय संगीतको कार्यक्रम गर्दै आएकोमा सो कार्यको प्रसँसा गर्दै यस्ता कार्यक्रमले शास्त्रीय संगीतको विकाशमा योगदान पुग्ने बताए ।

यसपछि सुरु भएको शास्त्रीय संगीत प्रस्तुति सम्मान छनौट समितिका तर्फबाट युवा शास्त्रीय गायक प्रभु ढकालले बसन्त रागनै प्रस्तुत गरे ।
यस्तै बाला भट्टराईले सरस्वती सम्बन्धि भजन प्रस्तुत गरिन् । यसपछि शुशिला अमात्यको शास्त्रीय समुहले बसन्त राग प्रस्तुत गरेको थियो । कार्यक्रममा किरण पञ्ज, सँगीता प्रधानले बसन्त सम्बन्धि नै विभिन्न रागहरु प्रस्तुत गरे ।

यस्तै नगेन्द्र राईले बाँसुरीको धुनबाट दर्शकको मन जिते ।  रविलाल श्रेष्ठ र डकन दाश चौधरीको तवलमा जुगलबन्दी निकै रोचक बनेको थियो । उनीहरुको तवलाबादनको तिब्रता निकै ससक्त थियो ।

सोही उत्सबमा धु्रवेस रेग्मीको शास्त्रीय सितार बादन, मन मोहन थपलियाको ठुमरी पनि कार्यक्रमको आकर्षक बन्यो । यस्तै सुरेश बज्राचार्यको सरोद बादन र श्री केसीको ध्रुपद प्रस्तुतिलाई पनि दर्शकले तालीले साथ दिए ।

सो कार्यक्रममा सम्बन्धित कलाकारहरुलाई बाद्यबादन तर्फ भाईलेनमा मिलन तण्डुकार, तबलामा रबिनलाल श्रेष्ठ, तानपुरामा अनिता ढकाल, हार्मोनियममा सुमन कुमार शसी लगायतले साथ दिएका थिए । यस्तै सँस्थानका कलाकारहरु पञ्चनारायण महर्जनले मादलमा, नरसिंहलाल श्रेष्ठले हार्मोनियममा, भरत लाखेले तबलामा केही कलाकारहरुलाई साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू