अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

वसन्त पंचमी कथा

निशा अर्याल २०७३ माघ १८ गते १०:१६ मा प्रकाशित

“वन्धना”
“या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती नि:शेष्य जाड्यापहा ||”

शुक्ल वर्ण ,सम्पूर्ण चराचर जगतमा व्याप्त भएकी,आदि शक्ति,ब्रह्मा जीले पनि वर्णन गर्नु भएको अन्धकार जगतलाई वाणीबाट उज्यालो तिर लैजाने सम्पूर्ण चिन्तनको सार, भय बाट मुक्त गराउने ,हिम्मत दिँदै अज्ञानता र अन्धकार हटाउन सक्ने,हातमा वीणा,पुस्तक र स्फटिकको माला धारण गरेकी,पद्मासनमा विराजमान भएकी,बुद्धि दाता,सर्वोच्च ऐश्वर्यले सिङ्गारिएकी यस्ती भगवती माता श्री सरस्वती मातालाई मेरो लाखौ लाख प्रणाम ,!

“सरस्वती श्लोक ”
“सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी”
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ”

“वसन्त पंचमी कथा”

सृष्टिको प्रारम्भिक कालमा भगवान् विष्णुको आज्ञाले ब्रह्मा जीले जीव, तथा मनुष्य योनिको रचना गर्नु भयो तर पनि आफूले गरेको त्यस्तो सर्जनाबाट संतुष्ट हुनु भएँन र ब्रह्मा जीले केही सृष्टिमा कमी भएको महसुस गर्दै विचार गर्नु भयो ,यस्तो लाग्यो कि यो ब्रह्माण्डमा केही चिजको कमी छ जसको कारणले गर्दा चारै तिर अन्धकार र मौनता छाएकोले श्रीविष्णु भगवान् सित भेटेर आफ्नो कुरा राख्ने जिज्ञासाले जल क्रिडा गरेर आफ्नी धर्म पत्नी श्रीलक्ष्मी जी सँग मिठा कुरा गरी शेष नागमा विराजित विष्णु छेउ गएर प्रशन्न मुन्द्रामा रहेको बेला आफूले मनमा सोचेका कुरा व्यक्त गर्नु भयो र उनै
विष्णुको आज्ञा लिएर ब्रह्मा जीले आफ्नो कमान्डलु बाट जल निकाल्दै चारै तिर छर्कन लाग्नु भयो !

त्यो जलको छिटा पर्न साथ् प्रिथिवीमा जलामय भएर कम्प हुन् गई एउटा बोट बिचबाट अद्भभुत शक्ति प्रकट भयो त्यहा अति नै दिव्य ज्योति भएकी ,तेज पूर्ण नारीको आगमन भएको र चार हात भएकी उनका हातमा, वीण अर्को हातमा वर मुन्द्रा तथा अन्य दुई हातमा पुस्तक तथा मालाले विभुसित थिए ! त्यस्तो देखेर ब्रह्मा जीले उनीलाई खुसी हुँदै वीणा बजाउन अनुरोध गर्नु भयो ,,!

जब ब्रह्माले वीणा सुन्ने इच्छा राख्नु भयो अनि उनले आफ्नो हातको वीणको मधुर स्वर (नाद )बाट निस्केको मोहित सङ्गीत धुन बजाउदै गर्दा सारा ब्रह्माण्ड ,संसार भरि रहेका ,जीव,जन्तु,तथा प्राणीमा वाणी प्राप्त भयो र जल क्रिडा स्थलमा हाँगामा मचियो बहेका हावा भित्र पनि शान्त आवाजको महसुस गर्न थाले त्यस्तो देखेर ब्रह्मा जीले ती देवीलाई वाणी कि देवी सरस्वती भनेर नाम दिनु भयो !

त्यो जलको छिटाले पृथिवीमा जल् बग्न थालेको देखेर ,बागेश्वरी ,शारदा ,भगवतीको नामले सरस्वती वीणाबद्नी र वाग्देवी नामले पूजा गरुन भन्नु भयो, ! त्यस्ती शक्ति शाली कृपलु मातालाई बिद्ध्या कि देवी “अज्ञानता नाश गर्ने ” त्यस्तै “वीणा बजाएर ” कला र सङ्गीतको मिठो धुनको सिर्जना गर्नु भएकोले उनीलाई सङ्गीत कि देवी पनि भनिन्छ ! उनको उत्सव वसन्त पंचमीको दिन जन्म दिनको रूपमा पूजा आरधना गर्ने गरिन्छ ! त्यस्तै गीतमा पनि बिद्ध्या कि दाता,,सङ्गीत,कलाको उत्पति गर्ने देवीलाई श्रीकृष्णले पनि उनले बजाएको वीणाको धुनमा लट्ठ भएर अति खुसी हुँदै यो दिन तिम्रो पूजा आर्चना संसार भरि धुमधामले सबैले तिमीलाई मानुन भनेर बरदान समेत दिनु भएको थियो रे !

यस्तो वसन्त रितु आउने बितिक्कै प्रकृतिका हरेक जीव,को अनुहारमा रौनक चल्बाउँन थाल्छ रे ! प्राणीमा मानव मात्र नभएर ,हरेक जीव,पशु ,पन्छी सबैमा खुसी छाउछ भनेर वर्णन गरिएको छ ! अझ भन्ने गरिन्छ कि ,हरदिन उदाउने नयाँ सूर्यको किरण सँगै नयाँ चेतना,उमंग,जोस ,दिलाउदै सधैँ यसरी नै हर एक दिन उदाउने वाचा गर्दै सूर्य अस्ताउछंन अरे !

यो माघ महिना नै एउटा खुसीको दियालो बाल्ने पंचमी हो,यस्तो दिनमा प्रेम गर्ने नव जोडीले उनैको आशीर्वाद लिदै नयाँ जीवनको सुरुवात गर्छन् !
सानो हुँदा आफूले स्कुलमा कथा सुनेकी थिए , ज्ञान बिना संसार अन्धकार छ ,धन छ तर ज्ञान छैन भने त्यो धन ढुङ्गा समान हुन्छ ! त्यस्तै तलवार भन्दा,कलम ठुलो हुन्छ ,जसलाई बिद्ध्या भन्ने गरिन्छ ,यस्ती शक्ति कि देवीलाई मेरो कोटी प्रणाम,

” दिव्य प्रकाश ”
“देखे पूंज प्रकाश दूर म थिए नुहाई दिए ज्योतिमा |
पाए ज्ञान,अनन्त ,व्रह्म रूपको झल्कन्छ झैँ मोतीमा ||
साच्चै फाल्छु म मुढ चैत जगको संज्ञान भर्दै सधैँ |
पाए दिव्य छ साधना गुरु कृपा कृतज्ञ छु दिन्दिनै ||

राख्छु मै मुटुभित्र छोपी दिलले न्यानो गराई तन |
हेर्छु दिव्य प्रकाश नित्य मनमा आनन्द लागि झन् ||
मेरो रक्त नशा नशा कणमहा स्नायू सरी रूप लियो |
साच्चै चेतन व्रह्म रूप बुझीयो मन यो बनाए दियो ||

यी आखाँ दुई माग्दछु म त्यसमा ब्रह्माण्ड देख्छु यता |
जीवन धन्य म भन्छु ज्ञान रसले अज्ञान फाल्दै मता |
वाल्छु नित्य पूजा गरी दिनदिनै यो चेतनाको दियो |
थप्छु तेल बनेर प्रेम मनले अर्पंछु सद्भाव यो ||

निन्द्रा ,भोक, पियास ,लोभ ,ममता,माया र चिन्ताहरु |
जीवनका सुख्दुख जीव धरमले गर्ने क्रियादी अरू ||
सारा भुल्छु म देख्छु मात्र सपना साच्चै समाधि सरी |
हुन्छु तुल्य म ब्रह्म लीन गतिको पुग्ने छु योगै गरी ||