अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

भाडाको घरमा सरे रास्ट्रपति ओबामा

बिआरटीनेपाल २०७३ माघ १४ गते ४:४३ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा भाडाको घरमा सरेका छन् । २० जनवरीका दिन नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको पदभार ग्रहण गरेसंगै राष्ट्रपति पदवाट बाहिरिएका ओबामा भर्खरै बाशिंटन डिसी स्थीत एउटा भाडाको घरमा सरेका हुन् ।

अमेरिकी कानुन अनुसार पूर्व राष्ट्रपतिलाई कुनै सरकारी सुबिधा नभएकाले उनि भाडाको घरमा बस्ने समाचार आईरहेकोमा उनि भाडाको घरमा बस्न थालेको खवर प्राप्त भएको छ ।

अमेरिकाको शिकागो राज्यका स्थायी बासिन्दा पूर्व राष्ट्रपति ओवामा वासिंटन स्थीत भाडाको घरमा बस्नु पर्ने मुख्य कारण उनकी कान्छी छोरी जो बाशिंटन डिसीको एक स्कुलमा अध्यनरत छिन्  । उनको पढाई पुरा नहुन्जेल करिव २ बर्ष उनि त्यहि भाडाको घरमा बस्नु पर्ने बाध्यता उनमा छ ।

अरु कुनै सुविधा नपाएपनि कानुन अनुसार पूर्व राष्ट्रपति र उनका परिवारले सेक्युरिटी सुबिधा अर्थात उनिहरु माथी कुनै हमला या आक्रमण हुन सक्ने हुँदा शुरक्षा गार्डको सुविधा पाउने प्रावधान रहेकोले ओवामा परिवारले पनि उक्त सुबिधा पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू