अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

सिद्धार्थ बैंक परिसरबाटै लुटियो ३ लाख ६५ हजार रुपैंया

बिआरटीनेपाल २०७३ माघ १० गते ९:४२ मा प्रकाशित

नेपालगञ्जको धम्बोझीमा रहेको सिद्धार्थ  बैंकबाट एक व्यक्तिको तिन लाख ६५ हजार रुपिया लुटिएको छ । बागेश्वरी ह्यूमपाईप उद्योगमा कार्यरत दिनेश कँडेल सोमबार मध्यान्ह बैंक परिसर भित्रैबाट रहस्यमय ढंगबाट लुटिएका हुन् ।

कँडेल नेपालगञ्जको पुष्पलाल चौकबाट एकजना सँग एकलाख रुपिया लिएर थप रुपिया झिक्नका लागि बैङ्कमा गएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरिक्षक राजेन्द्र गौतमले जानकारी दिए । कँडेलले  बैंकबाट दुईलाख ५० हजार रुपिया झिकेको देखिएको छ ।

कँडेल पैशा झिकेर कालो झोलामा राखेर बाहिरिने क्रममा कसैले काउसो जस्तो चिलाउने वस्तु शरिरमा हालिदिएपछि आफु झोला एक ठाउँमा राखेर शरिर कन्याउन लागेको र त्यही समयमा कसैले झोला लिएर गएको बयान दिएका छन् ।

धेरै चिलाएपछि नजिकैको बाथरुम भित्र छिर्ने क्रममा मोटरसाईकलमा झोला राखेर भित्र छिरेका कँडेलले फर्कनेक्रममा मोटरसाईकल नभएको पाएपछि आफु लुटिएको पाएका हुन् ।

प्रहरीले  बैंकमा रहेको सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । यो घटनापछि नेपालगञ्जमा सुरक्षा सतर्कता बढाउदै नेपालगन्जबाट बाहिरिने नाकामा चेकजाँचमा कडाई गरिएको छ । प्रहरीले घटनाका समयमा देखिएका व्यक्तिसँग समेत सोधपुछ भईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू