अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

‘भूकम्प पिडितको नाममा उठेको रकम हिनामिना गरेका छैनौं’-वासिंगटन स्थित नेपाली दुतावास

बिआरटीनेपाल २०७३ माघ ९ गते २०:३७ मा प्रकाशित

अमेरिका स्थित नेपाली दुतावासले भूकम्प पिडितको नाममा उठेको पौने आठ करोड नेपाली रुपैंया दुतावासले हिनामिना नगरेको जनाएको छ । दुतावासले एक बिज्ञप्ति जारी गरि उक्त रकम प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा जम्मा गराएको जानकारी गराएको छ ।

दुतावासका अनुसार घटना र बिचार साप्ताहिक र रातोपाटी डटकममा भूकम्प पिडितको नाममा उठेको पौने आठ करोड राजदुतले बुझाएनन् सरकारलाई भन्ने शिर्षकको समाचार झुठो, कपोल्कल्पीत र मित्थ्या हो । दुतावासले एक बिज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डन गरेको छ ।
दुतावासले जारी गरेको बिज्ञप्तिमा लेखिएको छ, उक्त बाह्र लाख अठतिस हजार छ सय पचास अमेरिकी डलर वासिंगटनमा अवस्थित सिटि बैंकबाट प्रधानमन्त्री दैबि प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ । उक्त रकम जम्मा गरेको सूचना दुतावासको वेभसाईट, फेसबुक पेजमा राखिसकेको पनि दुतावासले जानकारी गराएको छ ।

तर घटना र बिचार साप्ताहिक र रातोपाटी डटकमले उक्त सूचना नहेरिकनैं, आधिकारिक पक्षसँग कुरा नैं नगरिकन समाचार प्रकाशित गरेकोमा दुतावासले बिज्ञप्ति मार्फत खेद प्रकट गरेको छ । सत्य तथ्य नबुझि राजदुतको चरित्र हत्या गर्ने प्रयास भएको भन्दैं दुतावासले उक्त समाचारको खण्डन बिज्ञप्तिमा गरेको छ ।

यस्तो छ दुतावासले जारी गरेको बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू