अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

नेजाद्वारा एनआरएन अमेरिकाको उम्मेदवारका आकांक्षी बिच अन्तरक्रिया सम्पन्न (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २ गते २३:१३ मा प्रकाशित

हिजो आइतबार नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले गैर आवासीय नेपालीहरूको प्रतिनिधीमूलक संस्था एनआरएन अमेरिकाको भावी कार्यदिशा र आसन्न निर्वाचनका आकांक्षीहरुका योजना र धारणा विषयमा डल्लास टेक्सासमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा सोभियत सङ्घबाट छुट्टीएर बनेका स-साना राज्यहरुले एनआरएनएको नेतृत्व लिएको सम्बन्धमा सदस्यताको हिसाबले विश्वको सबै भन्दा ठुलो एनआरएन अमेरिकाले किन सकेन र अब के गर्दा लिन सक्दछ भनी बक्ताहरुले प्रकाश पारेका थिए । पछिल्लो समयमा एनआरएन अमेरिकामा देखिएको विवादको कारणले गर्दा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्न नसकेको अमेरिकाले फुटेर हैन जुटेर मात्र आफ्नो उपस्थिति देखाउन सक्ने धारणा सबैले राखेका थिए । 

गत शनिवार सम्पन्न एनआरएन अमेरिकाको पांचौ साधरण सभाले विगतको समस्याको जड भनेको सदस्यता वितरण प्रक्रिया भएको हुँदा सदस्य बन्दा नेपाल वा अमेरिकाको सरकारी परिचय पत्र बुझाउने, अमेरिका भन्दा बाहिरको आईपी ठेगानाबाट सदस्य बन्न र भोट हाल्न नपाउने, एउटा आईपी ठेगानाबाट एक परिवारका बाहेकले भोट हाल्न नपाउने, सदस्यको सही भेरीफिकेशन गर्ने जस्ता प्रावधानलाई समावेश गरी विवाद निरुपरण गर्दै जाने निर्णय गरेको सन्दर्भमा सबै आकांक्षी उम्मेद्वारहरु नेपालमा रहेका राजनैतिक दलको परिदृश्यमा रहेका संस्थाबाट यसलाई मुक्त पार्दै सही व्यक्तिको छनौट गर्नु पर्नेमा सबैको एकमत रहेको थियो ।

आज भएको उक्त कार्यक्रमको सभापतित्व नेजा अध्यक्ष भोला आचार्यले गरेका थिए भने महासचिव तोया दाहालले कार्यक्रमको सन्चालन गरेका थिए । प्रमुख अतिथिमा एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेल, अतिथिहरूमा नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने, नेजा पूर्व अध्यक्ष कृष्ण शर्मा, नेपाली काङ्रेस केन्द्रीय समितिका सदस्य कल्याण गुरुङ, नेपाल जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट तथा अबैतानिक राजदूत ॠषि ढकाल थिए । स्वागत मन्तव्य नेजा क्षेत्रीय संयोजक किसन रेग्मीले गरेका थिए । कार्यक्रमका अन्य धेरै बक्ताहरुले आफ्नो मन्तव्य दिएका थिए । 

नेजाले नेपाली समुदाय र उम्मेदवारबिच पुलको काम गर्दै दुवैको संदेश एक अर्कामा सहज रूपमा पुर्याउनको लागि अमेरिकाका अन्य सहरहरूमा अन्तरक्रिया कार्यक्रम गर्दै जाने समेत अध्यक्ष भोला आचार्यले सो अवसरमा जानकारी गराएका थिए । उक्त कार्यक्रमको बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो । फोटो: शैलेश पोखरेलसन्तोष न्यौपाने 

(भिडियो)

 

प्रतिक्रिया