अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

लस एन्जलसमा स्टेट ट्रेजरर जोन चियांगसंग नेपाली समुदायको भेटघाट कार्यक्रम

बिआरटीनेपाल २०७३ पुष २६ गते २३:२६ मा प्रकाशित

अमेरिका, १० जनवरी । क्यालिफोर्निया राज्यका स्टेट ट्रेजरर तथा सन् २०१८ को लागी हुने गभर्नरपदमा उठ्न लागेका जोन चियांगले नेपाली समुदाय सदस्यहरुसंग २२ जनवरी २०१७ मा भेटघाट कार्यक्रम गर्ने भएका छन् ।

साउदर्न क्यालिफोर्नियामा बढ्दो नेपालीको सङ्ख्या सँगै अमेरिकी मुलधारको राजनीतिमा बिस्तारै चासो बढ्दै जान थालेको आर्टेसिया राज्यको सिटि प्लानरमा भक्त थापा नियुक्त हुनु र अन्य व्यक्तिको समेत यस क्षेत्रमा चासो बढ्नुबाट प्रस्ट हुन्छ । कार्यक्रममा हुने नेपालीहरूको उपस्थितिबाट राज्यको स्टेट ट्रेजरर तथा गभर्नरका उम्मेदवार समेत रहेका चियांगलाई नेपाली भाषामा ड्राईभिंग परीक्षा दिने लगायतका सुविधाको बारेमा लबिंग गरिदिन अनुरोध गर्न सकिने देखिन्छ ।

नेपाल सरकारको तर्फबाट लस एन्जलस क्षेत्रका लागि पर्यटनदुत रामेश्वर भण्डारी यस प्रकारका भेटघाटबाट नेपाली समुदायका आवश्यकता र समस्याहरुका बारेमा सम्बन्धित निकायमा जानकारी गराउन सकिने हुँदा सबैलाई उपस्थित हुन अनुरोध गर्दछन् ।

जुलियोज पिज्जा-डेज इन होटेल छेउमा (17538 Pioneer Blvd, Artesia, CA 90701) मा साँझको सात देखि नौ बजे सम्म हुने उक्त भेटघाट कार्यक्रममा उपस्थितिको लागि यस क्षेत्रमा रहेका नेपाली समुदाय सदस्यलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया