अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

धमाधम भेटिँदैछन् ‘हराइएका’ हतियार (लिस्टसहित)

बिआरटीनेपाल २०७३ पुष १२ गते १९:३५ मा प्रकाशित

सरकारी तथ्यांकअनुसार सशस्त्र द्वन्दकालमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट ३ हजार ४ सय ३० थान हतियार विद्रोहीले लुटेका थिए । जुन सार्वजनिक तथ्यांकसँग मेल खाएन माओवादीले केहि हतियार हराएको, कतिपय खोलाले बगाएको र केहि बिग्रिएर फ्याँकेको जवाफ दियो ।

नेपाली सेनाका पूर्व रथी एवं त्यतिबेला सेना समायोजन विशेष समिति संयोजक रहेका बालानन्द शर्माले प्रहरीबाट बरामद हतियारका विषयमा सोकारवालाले सत्य नबोल्दासम्म यथार्थ ननिस्कने बताए । सेना समायोजनका क्रममा अनमिनलाई बुझाइएका हतियारबाहेक अन्य केही सय थान मात्र माओवादीसँग रहेको अनुमान १० बर्षयताको बरामद तथ्यांकले गलत साबित गरेको उनी बताउँछन् ।

प्रहरी विशेष ब्यूरोको तथ्यांकअनुसार २०६३ देखि मंगलबारसम्म देशभरबाट एक हजार १२ थान ठूलो हतियार र एक हजार ७ सय २५ साना हतियार बरामद भएको छ । माओवादीले अनुमानभनदा थोरै हतियार बुझायो भन्ने आशंका त्यातिबेलै थियो,  हाल बरामद हतियार तिनै हुन् वा अन्य भन्ने अनुसन्धानको विषय भएको शर्माले बताए   आजको नागरिक दैनिकमा खबर छ ।

२०६३ देखि २०७३ सम्म बरामद भएका हतियार
एम १६ राइफल : २ थान
एसएलआर  :१० थान
एसएमजी : १६ थान
इन्सास राइफल : २ थान
सर्टगन  : ४ थान
वन बेल्ट राइफल : १६ थान
मास्केट हतियार  :२ थान
दुई इन्चको मोर्टार  : १ थान
हर्नेट  : ७ थान
एयरगन : २५ थान
जिएसटी क्यालिबर २२ : १ थान
थ्रीनटथ्री  : ७३ थान
टुटु  :  ८ थान
१२ बोर : ७४ थान
२२ म्याग्नम :  १ थान
भरुवा बन्दुक :  ७८१ थान
पिस्तोल : ४८४ थान
रिभल्वर : ११७ थान
थ्री फिप्टिन  : ५ थान
कटुवा पेस्तोल : १३३० थान

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू