अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

राष्ट्रका लागि आवाज उठाउने युवालाई मेरो सलाम

बिआरटीनेपाल २०७३ पुष ९ गते ४:३० मा प्रकाशित
“नयाँ कुरा भिडियो सुने पछि वक्तित्व कला प्रतियोगितामा भाग लिने दुई बैनी र एक भाइको दमदार प्रस्तुति पछि मेरो मनभित्र बाटै उनीहरूलाई बधाई नदिई बस्न सकिन र यी सम्पूर्ण राष्ट्रका नयाँ प्रकाशक दियालो ,साहसी देशको रक्षाकोलागि आवाज उठाउने युवाहरूलाई मेरो सलाम भन्दै आफ्नो कुरा थप्न चाहन्छु मरभूमि इजरायलवाट |
युवा शक्ति जुनसुकै राष्ट्र र समाजको धरोहर हुनुको साथै बहुमुल्य सम्पदा हो । युवा शक्तिमा असम्भवलाई पार गर्न सक्ने अदभूत क्षमता हुने भएकोले नै राष्ट्र र समाजले युवा शक्तिलाई आस लाग्दो नज़रले हेरी रहेको हुन्छ ।
धार्मिक , सदभाव , सहयोग ,चाड, उत्सव , कला , साहित्य संस्कृतिका अङ्ग हुन । यसको आदान प्रदानले संस्कृतिको एकताको जन्म हुन्छ । राष्ट्र र समाजको अखण्डता समाजको जीवन र संस्कृतिका निम्ति अनिवार्य छ । जुन समाज आफ्नो खुट्टामा उभिन जान्दछ त्यो कहिल्यै परास्त हुँदैन । जुन समाज अरूमा निर्भर रहन्छ त्यो मानिसका निम्ति भार हुन्छ ।
प्रस्तुत भिडियोमा मैले सुन्दा बैनी लता भट्टराईले भनिन युवाहरूको साहसको परीक्षाको समय आएको छ । अलमलाईबाट मुक्त भएर राष्ट्र र समाज प्रति जाकरूकताका साथ काम गरौँ । युवाहरूलाई अन्यायपूर्ण प्रस्ताव र अन्य कुनै लोभ लालचमा न आएर आफ्नो समाज र राष्ट्रको चिन्तन गर्नु पर्दछ । यसो गर्दा राष्ट्रको र समाजको सङ्गठनको भविष्य सुरक्षित रहनेछ ।
वास्तवमै सास्कृतिक एकताको भावनाबाट ओतप्रोत व्यक्ति राष्ट्र र समाजको निर्माता हुन्छ । आजको युग चुनौतीको युग हो । यसमा मात्र समाज र राष्ट्रको दायित्व छैन बरु संस्कृतिलाई जीवित राख्नका लागि दायित्व पाकाहरूका साथै युवावर्गको पनि छ । सबै आआफ्ना कर्तव्यबाट परिचित होउन वा पालन गरून ।इतिहास साक्षी छ सदैव युवावर्गले मानव मूल्यहरूलाई अंगालेको छ । अन्याय , शोषण र उत्पीड़न का – खण्डहरहरूमा युवाहातहरूबाटै स्वतन्त्रता र प्रजातन्त्रको गौरव लिएर हाम्रा युवाहरू शहीद भए ।
लता भट्टराईमा प्रतिभाको कमी छैन । उनी प्रखर वक़्ता रहिछन । उनलाई अवसर दिनु आवश्यक छ । उनको प्रतिभाको प्रस्फुटन उनको अभिव्यक्ति र तर्क बाट थाहा पाइयों । उनको वालजोड़ प्रस्तुतिको लागि बधाई र सफलताको निम्ति हिर्दय देखि शुभकामना दिन चाहन्छु |
आधुनिक कालमा नवोदित राष्ट्रवाद अङ्ग्रेजी शिक्षाको परिणाम हो । देशका अङ्ग्रेजी शिक्षा प्राप्त नवोदित विशिष्ट वर्गले नै राष्ट्रियताको झन्डा उठाए । पार्वती खनाललको तर्क सशक्त छ । म उनको तर्कसंग सहमत छु । उनको भनाइमा केही थप्न चाहन्छु ।
त्यस्तै सृष्टि खनाल बैनीको प्रस्तुतिले मेरो मनलाई हलचल गरायो र दुई शब्द थप्ने प्रयास गरे | युवा को हो ? जस्को पाइलाको चालबाट नेपाल आमालाई बोध होस कि मेरो छोरो हिड्न सकी रहेको छ त्यो नै हो युवा ! जस्को गर्जनबाट अम्बरको बादल फाट्न आतुर होस – त्यै हो युवा ! जस्को उद्घोषबाट सागरमा छालहरूको गर्जन रोकियोस – त्यै नै हो युवा ! जस्को भृकुटिले दावानललाई हेरेमा सृष्टिमा जङ्गल जस्तो सुनसान होस -त्यै हो युवा ! जस्को दुखमा हिमालय काँध दिन निहुरियोस – त्यै हो युवा ! जस्को परेलामा जुनेली पलभरका लागि असिन होस – त्यै हो युवा ! जस्को शैली सुनेर पवनको वेग थालियोस , वर्षाले जसलाई छुन रूकीरूकीकन बर्स्योस , जस्को घचेटाइले पर्वतहरूको कलेजा कम्पित होस , जस्को संकल्पबाट गगनभेदी बिजुली कड़कने विवश होस – त्यसको क्षमताको हाड़ मासुलाई संदुकमा भरेर विधाताले जुन जीवनको सृष्टि गरे त्यसैलाई युवा भनिन्छ !
युवाको अर्थ हो , अभेद , अजय , अकाट्य , अविरल र अमित ! यदि लाखौँको भीडमा कुनै दुर्लभ जस्तो देखिन्छ भने त्यो युवा भन्दा अर्को को हुन सक्छ ? जसले नकारात्मक आभामण्डललाई तोड़ेर सकारात्मकता विस्तार गर्‍यो त्यै नै हो युवा ! राष्ट्रको गौरव , राष्ट्रियता , निहुरिएको शिरलाई स्वाभिमानले माथि उठाउँने , मुलुकको निम्ति वीरगति प्राप्त गर्ने युवा गनै थिए । सेनाको हर रण बाँकुरा युवा नै हुन । दुई दुई ओटा महासमरमा पहिचान बनाउने युवा नै हुन । विश्वको सर्वोच्च वीरताको १३/१३ ओटा VC पदक पाउने पनि नेपालका युवा नै हुन ।
राजनीतिक दलका मेरुदण्ड भनेका पनि युवा नै हुन । दुनियाँका समस्त उत्पादकताको एकमात्र विक्रेता युवा नै हुन । रंगमंचका कलाकार, खेलकुदका खेलाडी युवा नै हुन ।दुनियाँका प्रत्येक पर्यटकलाई जीवन्त देखिने पनि युवाको नै प्रतीक्षा हुन्छ । बैनी पार्वती खनालको उमंग,उत्साह र जोस पूर्ण भनाई सुन्दा आफूलाई पनि युवा नै छु किन कि म पनि देशको लागि केही गर्न सक्छु भन्ने बोध गराउने बैनीलाई बक्तृतता र जीवनीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र सधैँ सकारात्मक सोच राख्दै अघि बढ्न सफल हुन शुभकामना दिन चाहन्छु |
त्यस्तै भाइ सुदर्शन पौडेलको तर्क वितर्क प्रतियोगितामा उनका भनाई हरुले मलाई पनि अत्यन्तै प्रभावित बनायो र म मेरो कुरा थप्केदै उनका मिठो सान्दर्भिक प्रस्तुतिलाई समीक्षात्मक किसिमबाट केही भन्न अनुमति चाहन्छु । बेला आई सक्यो तन्नेरीहरूले आफ्नो जिम्मेवारीलाई बुझुन , विकासशीलबाट विकसित देश बन्न उनीहरूले सामाजिक , आर्थिक , राजनीति , प्रशासनिक सबै विषयमा रुचि लिउन । एउटा बलियो राष्ट्रको विकासका निम्ति तन्नेरीहरूमा फलामे कलेजो दृढ इच्छाशक्ति , पराक्रम , धैर्य , संयम प्रशस्त हुनु पर्दछ ।
परिवर्तनका लागि देशका तन्नेरीहरूले देशसंग प्रेम गर्नु पर्दछ । आज देशको जिम्मा बुढाहरूको हातमा छ , नगण्य मात्रका तन्नेरीहरू राजनीतिमा सक्रिय छन् । यस कारण राजनीति झनझन नराम्रो हुँदोछ । यी बुढाहरूले आफ्नो त देखभाल गर्न सक्दैनन भने देशको के सेवा गर्लान ? देशका तन्नेरीहरूले देशको असल नागरिक पनि हुन सक्नु पर्‍यो । देश प्रति जिम्मेवारी जस्तै भोट हाल्नु ,देशलाई स्वच्छ राख्नु , टैक्स बुझाउनु , घूस न दिनु , घूस न लिनु आदि बुझ्नु पर्‍यो । असल नागरिक त्यही हो जो स्वयम् जिम्मेवार हुन्छ र अरूलाई पनि असल नागरिक हुन प्रेरित गर्छ ।
किन तन्नेरीहरू राजनीति प्रति आक्रोशित छन् :-
– राजनीतिमा यस्ता अनुहारहरूछन , जसले राजनीतिको अनुहारलाई धमिलो बनाइ रहेको छ , राजनीतिमा लोभ , भ्रष्टाचार , सत्ताका लागि जे पनि गर्ने यी सबै कुरा देखिएका छन् । यस उसले तन्नेरीहरूमा राजनीति प्रति घृणा छ ।
– देशमा छरिएर बसेका अनेक राम्रा कुराहरूलाई छाडेर टाढा तन्नेरीहरू पराईको देशमा बस्न रूचाउँछन , उनीहरूलाई पराई देशमा विकासका बढी मौका छ भनिठान्छु ।
– पराईको देशकाले नेपालका तन्नेरीहरूलाई बढी पैसा दिएर त्यही काम गर्ने मौका दिन्छन किन भने पराई देश पनि मान्दछ नेपाली तन्नेरी बढी इमानदार र मेहनती छन् भनेर । इजराइलमा पनि केयर गिरमा अरू भन्दा नेपालीलाई बढी रूचाउँछन रनेपालीको बढी माँग छ ।
-यदि कुनै तन्नेरी राजनीतिमा जान्छ भने पनि , सही बाटोमा हिँड्दा पनि सत्ताधारी द्वारा तिनीहरूलाई थिचिन्छ ।
– मिडिया कैयौँ पटक गलत अनुहार बनाएर सबैका सामुन्ने ल्याउँछ जसबाट तन्नेरीहरू देशको राजनीतिलाई राम्रो सम्झदैनन ।
-देशमा तन्नेरी आवाजलाई अनुभवको कमी भनेर थिचिन्छ
– बाबु आमा पनि चाहदैन कि उसका छोरा छोरी राजनीतिमा आएर आफ्नो भविष्य राम्रो बनाउन , किन भने यस्तो मानिन्छ कि यो क्षेत्रमा थोरै पढे लेखेका हुन
– बाबु आमा नेपालको राजनीतिलाई देखेर आफ्ना छोरा छोरीलाई राजनीतिमा जान रोकदछन ।
-देशका तन्नेरी जसले देशको राजनीतिमा शौक़ राख्दछ यिनीहरू टाढा बसेर रमिते हुन्छन् हेर्दैनन कमजोरीहरू देखाउँछौं तर त्यसलाई त्यहाँ गएर सच्यांउने डराउँछन ।

सुदर्शन भाइको तर्कबाट म ्अत्यन्तै भावित भएकी छु र भन्न मल लाग्यो “हुने बिरुवाको चिल्लों पात” उनको उत्तरोत्तर प्रगतिको कमाना गर्दै तिनै भाइ बैनीहरुलाई हृदय देखि धन्यवाद दिँदै बुलन्द आवाजले राष्ट्र गुन्जियो भन्दै शेष तीनै वक्ताहरूलाई शुभकामान र धन्यवाद !

प्रतिक्रिया