अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

पूर्ब राजाको बिज्ञप्तिको नतिजा, के हुदैछ भोली ?

बिआरटीनेपाल २०७३ पुष ७ गते ८:२७ मा प्रकाशित

बेमौसमी बर्षात झैं आएको पूर्ब राजाको बिज्ञप्तिले जनमानसमा हल्ली खल्ली मच्चाएको छ । पूर्ब राजाको बिज्ञप्तिले एकातिर आलोचना गर्नेहरु उभिएका छन भने अर्कातिर सर्मथनमा सडकमै प्रर्दशन हुन थालेका छन् ।

SONY DSC

देशमा राजनैतिक अस्थिरता बढदै गएको अवस्थामा पूर्ब राजाको हिजो बुधबार निस्केको बिज्ञप्तिले धेरै पक्षहरु अनुमान गर्ने स्थिती सृजना भएको छ । पूर्ब राजाको बिज्ञप्तिको समाचार सामाजिक सञ्जालमा सिमित नरही सडक सम्म पुग्नुले महत्वपूर्ण अर्थ राख्ने बिश्लेषकहरुको ठम्याई छ ।

सामाखुशिका प्रकाश शाह भन्छन्, अब त राजा चाहिन्छ नैं, नेता नामका मुसाहरुले देशलाई धेरै प्वाल पारे अब यो भन्दा बढी मास्न दिन हुदैन । यसै कारण म आज राजाको बिज्ञप्तिको समर्थनमा उत्रिएको छु, परेको खण्डमा राजा र राजसंस्थाको पक्षमा भिड्न तयार छु ।

SONY DSC

बिश्व हिन्दु महासंघकी कोषाध्यक्ष अस्मिता भण्डारीले राजाको बिज्ञप्तिलाई लिएर पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुके भनाईलाई रोदनको संज्ञा दिएकी छिन् । उनले भनिन्, हिम्मत भए मैदानमा आउ, राष्ट्रवादी नेपालीहरुले तिम्लाई राम्रोसँग देश र राष्ट्रियताको परिभाषा बुझाउने छन् ।

SONY DSC

पूर्ब राजाले हिजो निकालेको बिज्ञप्तिलाई समर्थन गर्न आज राष्ट्रिय सरोकार मंचले आयोजना गरेको कार्यक्रममा राजसंस्थाको पक्षमा र बर्तमान राजनैतिक अवस्थाको बिरोधका स्वरहरु सुनिएका छन् ।

राजधानीको रत्नपार्कमा राष्ट्रिय सरोकार मंचको अगुवाईमा भेला भएका करिब ५०० को हाराहारीमा जनसमुदायले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका छन् । सरोकार मंचका अध्यक्ष सोम बिक्रम सिंहले अब राष्ट्रबादि अभियान देशभर जागृत हुने र राजसंस्था पुनः स्थापित गर्नका लागि आम नेपाली सडकमा उत्रने दाबी गरेका छन् ।

SONY DSC

भोली देखि देशका बिभिन्न स्थानमा सडकमा उत्रिएर राजसंस्था पुर्न स्थापनका लागि राष्ट्रवादी शक्तिहरु प्रर्दशन गर्ने बताईएको छ । आजै राजधानीको शान्तिबाटीकामा भएको सर्बसाधारणको उपस्थितीले उनिहरुलाई हौसला थपिएको बताएका छन् ।

SONY DSC

SONY DSC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू