अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

पशुपतिनाथ फाउण्डेसनद्वारा अन्तर्कृया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ पुष ४ गते २३:३२ मा प्रकाशित

डिसेम्बर १८, लस एन्जलसमा नेपाली समुदायको सयुक्त प्रयासमा भगवान् श्री पशुपतिनाथ र बौद्ध स्तुपाको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । उक्त कार्यको लागि पशुपतिनाथ फाउण्डेसन् नामक संस्था स्थापना गरिएको थियो । सो सस्थाले सुरु देखी हाल सम्म आफूले गरेका कार्य प्रगति विवरण प्रस्तुत् गर्न र जन समुदायबाट सल्लाह र सुझाव सङ्कलन गर्नका लागि सो अन्तर्कृया कार्यक्रम राखेको थियो ।

उक्त अन्तर्कृया कार्यक्रमको ब्यबस्थापनाका लागि स्थानीय समाजसेवी राजेन्द्र शिवकोटिको संयोजकत्वमा एक समिति बनाइएको थियो । जस्को अन्य सदस्यहरूमा राम लामा, रामेश्वर भण्डारी, चक्रपाणी मिश्र, डिल्ली थापा, नवीन पोख्रेल, उपेन्द्र न्यौपाने, बखान थापा, राम चन्द्र लामिछाने, सुनिता चौधरी र मुकुन्द ढुंगाना रहेका थिए । la-6

कार्यक्रमाका संयोजक राजेन्द्र शिवकोटीले आगन्तुकहरुलाई स्वागत गर्दै सुरु गरेको कार्यक्रममा संस्थाका अध्यक्ष भक्त थापाले अमेरिकमा आफ्नो कार्य ब्यथाताको बाबजुत सामाजिक कार्यमा समय निकाल्नु त्यति सहज रहेनछ । तै पनि हामी सबैको अथक प्रयासमा मन्दिर निर्माण कार्य अन्तिम चराणमा पुगी सकेको छ  । जस्को लागि प्रथम त समस्त ६ सय दानीहरु साथै फाउण्डेसनका समस्त टिमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै बाँकी जिज्ञासाका लागि फ्लोर ओपन गरेको घोषणा गरेका थिए ।

साण्डियागोका अबैतानिक बाणिज्यदुत ऋषि ढकालले ४ / ५ जनाको समूहको सोचबाट सुरु गरिएको यो योजना आज यती धेरै सङ्ख्यामा सहभागिता बढेर मन्दिरको निर्माण कार्य अन्तिम तयारी सम्म पुग्दा सम्म निरन्तर साथ दिइरहने सम्पूर्ण एल ए बासीलाई धन्यवाद दिएका थिए । सत्सङ्ग कार्यक्रमका संयोजक प्रेम गुरागाइंले फाउण्डेसनले गर्दै आएका सत्सङ्गका बारेमा प्रकाश परेका थिए । la-5

पत्रकार पुरुश्वत्तम ढकालबाट सुरु गरिएको प्रश्न तथा सुझावको क्रममा नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाई, राजन अधिकारी,  सिद्धार्थ सिलवाल, चिरन्जिबी गौतम, तिलक कार्की, देवी प्रसाद बास्तोला, सुरेन्द्र सापकोटा, शङ्कर वाग्ले, विश्व सुबेदी आदिले महत्त्वपूर्ण प्रश्न तथा सुझावहरू राखेका थिए ।

नेपालका वरिष्ठ समाजसेवी राम थापाले सात समुन्द्र पारिको बिरानो मुलुकमा पनि आफ्नो भगवान् प्रतिको आस्था यथावत राखी यती ठुलो लगानीमा श्री पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा बनाउन सफल हुनु भएका नेपालीहरू देखी आफू नतमस्तक भएको कुरा बाताए ।

पत्रकार सुदिप पन्तले पशुपतिनाथ फाउन्डेसनको टिमले गरेको सफलताको प्रशंसा गर्दै आफूले पाएको जिम्मेवारीलाई अझ बढी प्रजातान्त्रिक बनाउंदै लानु पर्ने सुझाव दिएका थिए ।

la-4

सहभागीलहरुले राखेका प्रश्नको जबाफ दिनेहरुमा संस्थाका अध्यक्ष भक्त थापा, महासचिव रामेश्वर भण्डारी र सलाहाकार शम्भु ढुङ्गाना थिए । संस्थाका कोषाध्यक्ष एकराज पाण्डेले आर्थिक प्रतिवेदन पढेर सुनाएका थिए । अन्तमा प्रश्न आउने काम सिद्धिए पछि संस्थाका अध्यक्ष भक्त थापाले यस मन्दिर बनाउने आयोजनाका सुरुवाती दिन देखी हाल सम्म पनि साथ दिइरहेका समस्त आदरणिय नेपाली समुदाय प्रति धन्यवाद दिएर कार्यक्रमको बिसर्जन गरेका थिए ।

rishi-dhakal

la-3

la-2

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू