अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

सान फ्रान्सिस्कोको सन्नि सगरमाथा समाजको अध्यक्षमा गङ्गा बहादुर केसी

बिआरटीनेपाल २०७३ पुष ३ गते २२:२१ मा प्रकाशित

अमेरिका रहेका नपाली सङ्घ संस्थाको नेतृत्व चयन समझदारीमा बिरलै हुने गरेको छ । उतर क्यालिफोर्नियामा रहेक नेपाली संस्थाहरू मध्येको सिक्रिय सन्नि सगरमाथा समाजले भने आज सहमतिमा नयाॅ नेतृत्व पाएकोछ । २०१७-१८ को लागि गङ्गा बहादुर केसीको अध्यक्षतामा सन्नि सगरमाथा समाजको १५ सदसिय कार्यसमिति आज निर्वरोध निर्वािचत भएको छ । प्रमुख निर्वाचन आयुक्त माधव नेपालका अनुसार अरू पदाधिकारिहरुमा

प्रथम उपाध्यक्ष सन्तोष गिरी, उपाध्यक्ष प्रमिला थापा, महासचिव दीपक थापा, सचिव अनुप अधिकरी, कोषाध्यक्ष चेतबहादुर राउत, सदस्यहरू सुश्मिता सिजापती, लक्ष्मी खरेल, बिन्दु सापकोटा, टेन्डि शेर्पा, संजिब कार्की, धर्मेन्द्र केसी, सुरेन्द्र जोशी, अनिल पन्त, सुनिता थापा रहनु भएको छ । आज आयोजित विशेष समारोहमा निवर्तमान अध्यक्ष वलराम पाण्डेले नयाॅ नेतृत्वलाई पदभार हस्तान्तरण गर्नु भयो ।

sunny-1

sunny-2भिडियो:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू