अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

केपी अोलीसहित तीन नेताको पुत्ला बनाएर फाँसी दिइयो

बिआरटीनेपाल २०७३ पुष २ गते २०:०४ मा प्रकाशित

मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन्।तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको र सीमांकन विरोधी अभिव्यक्ति दिएको भन्दै संयुक्त मधेसी मोर्चामा आवद्ध दलहरुले एमाले अध्यक्ष केपी ओली, एमाओवादीका टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीको पुत्ला बनाएर परासीको बुद्धचोकमा फाँसी दिएका हुन्।

सीमांकनविरुद्ध एमालले विभिन्न जिल्लामा गरेको बन्दको विरोध गरेका छन्। बुद्धचोकमा आयोजित उक्त विरोध कार्यक्रमपछि आयोजित कोणसभामा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले संविधान संशोधन प्रस्तावमा आफूहरुका माग समावेश नभए मधेसमा आन्दोलन चर्काउने चेतावनी दिए।

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला टुक्राएको विरोधमा एमालेलगायतका दलहरुले रुपन्देही, पाल्पा, अर्घखाँची, गुल्मी र नवलपरासीमा सुरु गरेको विरोधका कार्यक्रमको सो दिनदेखि नै जिल्लाका मधेसवादी दलहरुले पनि सीमांकनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

सिठ्ठी जुलुस, विरोध र्‍याली र दलका नेताहरुको पुत्ला दहन कार्यक्रम गर्दै आएका मधेसवादी दलहरुले झुण्डाइएको पुत्लालाई दाहासंस्कार गरेर ब्रहमभोज स्वरुप आइतबार दही चिउरा वितरण गर्ने जनाएका छन्।

परासी क्षेत्र दोस्रो दिन पनि बन्द

प्रदेश नम्बर ५ बाट पहाडी जिल्ला अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव पेश गरेको विरोधमा शनिवार पनि परासी क्षेत्र पूर्ण रुपमा बन्द छ।
पुस १ देखि ३ गतेसम्म रुपन्देही जिल्लामा आमहड्ताल आव्हान गरे अनुरुप एमाले नवलपरासीले पनि शुक्रबारदेखि प्रदेश नम्बर ५ मा पर्ने परासी क्षेत्र बन्द आव्हान गरेको हो।

बन्दका कारण यस क्षेत्रका पसल, व्यवसाय, शैक्षिक संस्था पूर्णरुपमा बन्द छन्। बन्दका कारण सुनवलदेखि बर्दघाट पूर्ण रुपमा ठप्प छ। एमालेका कार्यकर्ताहरु सुनवल, भूमही, बर्दघाटलगायतका क्षेत्रमा बसेर विरोध प्रदर्शन गरेका छन्।नवलपरासीको दाउन्ने पूर्वमा पर्ने नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा रहेका कारण त्यस क्षेत्रको जनजीवन भने सामान्य छ। दुम्किवासदेखि गैंडाकोटसम्मका सबै क्षेत्र खुला छन्।

रुपन्देही जिल्ला ७२ घण्टासम्म बन्द रहने जनाएपनि परासी क्षेत्रमा भने बन्द आव्हानकर्ताले साँझ ५ बजेदेखि सवारी साधन सञ्चालन गर्न दिँदै आएका छन्।अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू