अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

गीत

दिनेश अधिकारी २०७३ पुष २ गते ०:३८ मा प्रकाशित

पूर्व जाग ! पश्चिम जाग !
उत्तर–दक्षिण जाग
बत्ती जस्तै यो अध्यारो (आफ्नै मनको अन्धकार)
चिर्दै अघि लाग !

अन्यायका किल्लाहरु थालौ भत्काउन
विभेदका दिस्काहरु लागौ सम्याउन
तागतको जय गान गाउन छोड तिमी (छोडौं हामी)
ल्याकतले उठाउनु पर्छ आफ्नो जिमी !

जन्म हैन सत्कर्मले पाउन पर्छ काख (कर्मलाई दिनु पर्छ काख)
दबिएका विश्वासमा भर्नुपर्छ आट
छोड्नु पर्छ घुम्न अब आफ्नो स्वार्थी मियो
बाल्नु पर्छ चारैतिर समताको दियो !

प्रतिक्रिया