अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

अमेरिकामा कार दुर्घटनामा होनहार विद्यार्थी ममता कंडेलको मृत्यु (दुखद समाचार)

बिआरटीनेपाल २०७३ पुष १ गते ८:५१ मा प्रकाशित

अमेरिकाको वासिङ्टन सियाटलमा भएको कार दुर्घटनामा परि २१ वर्षीय नेपाली मूलकी होनहार छात्रा ममता कंडेलको मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ l गत बिहीबार बिहान वासिङ्टन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ l

वासिङ्टन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ l भर्जिनियामा उनका नजदीकका शर्मा परिवारले जानकारी दिए अनुसार उनी मास्कोमा रहने बुझिएको छ l तर अध्ययनको क्रममा सन २०१४ मा आइडाहो विश्व विद्यालयबाट समाज शास्त्रमा अध्यन समाप्त गरेकी थिइन l

mamata

जाड़ो मौसममा बिदाको लागि आगामी डिसेम्बर १९ तारिख नेपाल जाने तैयारीमा समेत थिइन l अतिरिक्त क्रियाकलापमाँ समेत प्रतिभाशैली स्व ममता कंडेल केही समय भर्जिनियाको साउथ राइडिंग सहरमा समेत आएकी थिइन l उनी एक प्रतिभाशाली छात्रा हुनुको साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता विषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारलले जानकारी दिएका छन् l

प्रतिक्रिया