अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

के भन्छन् महेन्द्रबादी र राजसंस्थाका समर्थकहरु ?

बिआरटीनेपाल २०७३ पुष १ गते ७:४३ मा प्रकाशित

स्व. राजा महेन्द्रलाई शुक्रबार महेन्द्रवादीहरुले एक कार्यक्रमका साथ सम्झनुका साथै श्रद्धा सुमन ब्यक्त गरेका छन् । दरबार मार्गमा रहेको महेन्द्र शालिकमा भेला भई उनिहरुले स्वं राजा महेन्द्रलाई स्मरण गर्दै श्रद्धा सुमन ब्यक्त गरेका हुन् ।

सधैं झैं लक्ष्मणसिंह खड्काले सबैभन्दा पहिला महेन्द्र शालिकलाई सफा गर्दै रंग्याए र शालिकमा माल्यार्पण गर्दै श्रद्धा सुमन ब्यक्त गरे । त्यसपछि त्यहाँ भेला भएका महेन्द्रवादीहरुले माला र पुष्प गुच्छा अर्पण गर्दै पुनः एकपटक स्व. राजा महेन्द्रको स्मरण गरे ।

15380598_1092205257544287_5494512206506052472_n

पछिल्लो समयमा राजसंस्थाप्रति क्रेज बढ्दै गएको हो भन्ने सुनिन्छ तर अघिल्लो बर्षको भन्दा खासै उल्लेख्य सहभागिता स्व. राजा महेन्द्रको श्रद्धा सुमन कार्यक्रममा त देखिएनन नी भन्ने प्रश्नको उत्तरमा राष्ट्रिय सरोकार मंचका अध्यक्ष सोम बिक्रम सिंहले भने, फेसबुकमा स्टयाटस र राजाको फोटो हालेर लाईक खोज्नेहरु भने बढेकै देख्छु । सामाजिक संजामा क्रेज बढ्नु पक्कै पनि जनमानसमा बढेकै हो मान्नु पर्यो ।

15492268_1092206737544139_364246728643768794_n

राजसंस्थाका शुभचिन्तक राजकुमार थापा भने, राजसंस्थालाई समर्थन गर्ने जमातहरु बिभिन्न समुहमा बिभाजित भएको र सबै अर्ध दक्षहरु अध्यक्ष बनेकाले राजसंस्था फर्काउने अभियान प्रभावकारी हुन नसकेको ठान्छन् । उनले दुःख मनाउ गर्दै भने, आजको यहि कार्यक्रम पनि बिभिन्न जमात तथा समुहहरुले फरक फरक समयमा आएर गर्छन, सबैजना एकै पटक भेला भएर गर्ने हो भने थप प्रभावकारी शोभनिय देखिन्थ्यो होला ।

करिब ५०० को संख्यामा भेला भएका महेन्द्रबादिहरुले सोहि स्थानमा मन्तब्यहरु राखे भने केहि समय महेन्द्र र दरबारको पक्षमा नाराबाजी पनि गरे । २०२८ साल आजैका दिन राजा महेन्द्रको स्वर्गारोहण भएको थियो । तस्विर स्रोतः राजकुमार थापाको फेसबुकबाट

15590448_1389192794447614_2161548925067259634_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू