अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

दशौंको देखि गर्मीमा छायाँ र जाडोमा घाम तापेर सरकारी तलव खाँदै-समरजङ कम्पनिका कर्मचारी

बिआरटीनेपाल २०७३ मंसिर २४ गते ९:१९ मा प्रकाशित

‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानको प्रतिनिधित्व यतिबेला गृह मन्त्रालय समरजङ कम्पनीका कर्मचारीले गरिरहेका छन् । समरजङ कम्पनीका २९ कर्मचारी जाडो महिनामा कार्यलय परिसरमा घाम तापेर र गर्मीमा जता सितल छ त्यतै छायाँमा बसेर दशौं बर्ष देखी सरकारी तलव खाईरहेका छन् ।

समरजङ कम्पनी राजा रणबहादुर शाहले आफ्नो सुरक्षाका लागि खडा गरेको कम्पनी हो । जसलाई सैनिक प्रकृतिको भए पनि पछि यसका जिम्मेवारी कटौती गर्दै निजामतीतर्फ धकेलिएको हो ।

निजामतीमा धकेलिएपछि नै कम्पनीको पुरानो निति नियमलाई कर्मचारिले पालना गर्नै छोडेको पाईएको छ । यो कम्पनिको निती अनुसार निजामती सेवामा रहेकाले सैनिक बर्दी लगाएर परेड गर्नुपर्ने र खरिदारले धोती फेरेर कम्पनीको कोतपूजा गर्नुपर्ने जिम्मेवारी यहाँ छ । तर फेरिएको समय र त्यहाँको प्रमुख जिम्मेवारीमै रहेका ब्यक्तीले यो कामका लागि बास्ता नगरेपछि कम्पनिका एकाध यी जिम्मेवारी बाहेक जाडोमा घाम ताप्ने र गर्मीमा सितल खोज्दै दिन कटाउने काम बाहेका कम्पनीका कर्मचारिले अरु काम गरेको देखिंदैन ।

समरजङ कम्पनीका कर्मचारिको बारेमा कुरा गर्दा कम्पनीका प्रमुख प्रकाशचन्द्र पन्त भन्छन्- ‘यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालयमा कर्मचारी नभएर सेवाग्राही मर्कामा परेको यो बेला समरजङमा रहेका सरकारी कर्मचारी काम विहीन हुनु कत्तिको स्वाभाविक होला ?लेखापाल, सवारी चालक, कम्प्युटर अप्रेटर र नायव सुब्बा सहितको यो टोली कामविहीन छ । कम्पनीलाई चुस्त र दुरुस्त रूपमा जनसेवामा खटाइयोस् भन्ने कम्पनीको माग रहँदै आएको छ तर कतैबाट सुनुवाइ भएको छैन’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू