अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

अमेरिकन राष्ट्रपति निर्वाचनको परिणामले त्यहाँ रहेका नेपालीलाई कुनै असर नपर्ने- राजदुत टेप्लिस

बिआरटीनेपाल २०७३ मंसिर २० गते ६:५६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार अमेरिकी राजदुत अलाइन टेप्लिसले भेट गरेकी छन् । उनले दाहालको निजी निवास लाजिम्पाटमा शिष्टाचार भेट गर्दै हालै अमेरिकामा सम्पन्न राष्ट्रपती निर्वाचनको परिणामको स्मरण गर्दै त्यहाँ रहेका नेपालीहरुको भविष्यबारे चासो व्यक्त गरेकी थिईन् । साथै उनले त्यहाँको राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिईन ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। ऋषिराज अधिकारीका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताएका थिए ।

प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापनबारे कुराकानी भएको थियो । प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्धन्द्धको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताएका थिए ।

राजदुत टेप्लिसले अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै उनले संविधान संसोधनलागायतका सरकाले अगाडि बढाएको कदमले सकारात्मक परिणाम ल्याओस भन्ने शुभकामना दिएकि थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू