अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको कार्यसमिती बिस्तार

बिआरटीनेपाल २०७३ मंसिर १८ गते २३:०१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितीको पहिलो बैठकले ६ जनालाई कार्यसमिती सदस्यमा र ६ जनालाई सल्लाहकार समितिमा मनोनीत गरेको छ ।

अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा आज संम्पन्न बैठकले श्याम श्रेष्ठ, यसोदा भट्ट, ज्ञानेन्द्र काफ्ले, पल्लवी भुषाल, धन पौडेल, शान्ति बर्मालाई सदस्य पदमा र डा.विजयराज शर्मा, ज्ञानेन्द्र गदाल, नवीन दत्त, सुरेन्द्र श्रेष्ठ, नातिबाबु भट्ट, कुमार जङ्ग कार्कीलाई सल्लाहकार समितिमा मनोनीत गरेको हो ।

हालै सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णमुरारी ढुङ्गेल, मिना पौडेल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोइराला निर्बिरोध निर्वाचित भईसकेका भएका थिए । संस्थाको विधान अनुसार ९ देखी ११ जना सम्मको कार्यसमिती रहने हुनाले निर्वाचन क्रममा सदस्यपदमा कसैको निवेदन नपरेको कारण आज मनोनीत गरी कार्य समितिलाई पूर्णता दिइएको अध्यक्ष ढुङ्गेले बताएका छन् ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

प्रतिक्रिया