अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

अमेरिकामा नेपाल जस्तो छोराछोरीलाई टुप्पी बेचेर पढाउनु नपर्ने ?

बिआरटीनेपाल २०७३ मंसिर १८ गते ९:१० मा प्रकाशित

नेपालको बजार भाउँ आकासिएको छ l हरेक चिज छोई नसक्नु छ l महंगाईको मार मा सबै प्रताडित छन् l अचेलका छोराछोरीका चाहना ,माँग र जीवन शैली को बयान गरेर गर्ने नसकिने छन् l टाउको खाने भएका छन् l
तलब थोर घर खर्च र विविध खर्च ले ढाड सेकाएको छ l मध्यम वर्ग र कम आय आर्जन हुनेले बाच्न नै नसकिने अवस्था भएको छ l बेरोजगारी समस्या त्यतिकै छ l अचेलका सन्तानहरु सबै ज्ञानी पनि हुदैनन् l सन्तानले चोक्टा पनि खाने गर्छन् l सन्तानले दुख दिने ,र परिवारलाई कायल बनाउने एकातिर छ भने उनीहरूको मांग पुगेन भने घर मै बसी नसक्नु जस्तो पनि हुन्छ l बुवाआमाले हार पनि खान्छन l

छोराछोरी को अध्ययन र पढाइमा नेपाल जस्तो बुवा आमा बाध्यता हुदैनन् l किनभने सानै देखि अमेरिकामा यही जन्मेका छोराछोरीले कमाउने समेत अधिकांशले गर्ने प्रचलनले नेपाल जस्तो ऋण खोजेर भए पनि अन्तिम अवस्था सम्म पढाउनु पर्ने बाध्यता हुदैनन् l तर यसो भन्दैमा अमेरिकामा गर्दै नगर्ने भन्ने कदापि हैन l

अमेरिकन जीवन शैलीमा १८ वर्ष पुगे पछि आफै घर बाट बाहिर जाने ,बस्ने ,कमाउने र पढ्ने खर्च आफैले निकाल्ने पनि हुन्छन् l किनभने कसैको बुवाले पनि उसको हजुर बुवा बाट त्यस्तो पाएको हुँदैन l हजुर बुवाले पनि जिजु बुवा बाट त्यस्तो पाएको हुँदैन l आफ्नो खुट्टामा उभिने संस्कृति छ l आफै कमाउने र आफ्नो गोजी खर्च निकाल्ने सन्तानले गर्ने भएकोले त्यो झन्झट अमेरिकामा अभिभावकले झेल्नु पर्दैन l सरकारी विद्यालयमा निःशुल्क पढाई हुन्छ l खाने खर्च सरकारले दिन्छ l गाडी खर्च र यातायातको सुविधा पनि सरकारले बेहोर्छ l

धनी देश भएकोले त्यो सुविधा यहाँ केटाकेटी लाई उपलब्ध छ l दश जोड दुई पछि उच्च शिक्षा हासिल गर्न निजी तथा सरकारी महाबिद्यालय तथा विश्व विद्यालयले विद्यार्थीलाई कम ब्याज दरमा ऋण उपलब्ध गराई दिन्छ l मूद्रा अध्ययन नगरी कठालो समात्ने छैन l अध्ययन समाप्त गरे पछि कमाई गरे पछि किस्ता बन्दीमा तिर्ने सुविधा बनाई दिएको हुन्छ l त्यो भन्दा खुदो अमेरिकामा भएका छोराछोरी लाई के चाहियो त ?
नेपाल गरिब देश भएता पनि मानिस धनी भएको देश हो l समग्रमा देश बिप्पन्न छ l आफ्ना सन्तानको लालन पालन गर्ने अभिभावकको जिम्मेवार हो l आमा बुवाको मुख्य कर्तव्य नै राम्रो शिक्षा दिक्षा दिनु हो l जसरि भए पनि उनीहरूलाई गराउनै पर्छ भन्ने मान्यता हुन्छ l आफ्ना सन्तानलाई नगरे कसलाई गर्ने र के को लागि कमाउने ? त्यो यक्ष प्रश्न पनि हुन्छ ?

अभिभावक कमाउने भए पछि सन्तान अल्छि पनि हुन्छन् l बसेर सबै चिज हासिल हुन्छ भने किन दुख गर्ने भन्ने पनि विद्यार्थीको मानसिकता रहेको हुन्छ l घर राखेर ,जग्गा बेचेर ,सापटी लिएर ,ब्याजमा ऋण लिएर या अन्य चिज कुनै उपाय बाट भए पनि छोराछोरीलाई उनले भनेको शिक्षालयमा भर्ना गरिएन भने अभिभावकले निकै कठिन अवस्था झेल्नु पर्ने हुन्छ l किनभने उनीहरूले त्यो दुख बुझ्दैनन् l

आफ्नो गच्छे अनुसार पनि पढाउन पाइदैन l जसरि भए पनि उत्कृष्ट स्थानमा पढाउनु पर्ने बाध्यता पनि हुन्छ l यस्तो अवस्थामा मानिस गरिबी तर्फ उन्मुख हुने तर्फ धकेलिन्छन l भए भरको सम्पत्ति लगानी गरेर या कतैबाट जे गरेर भएता पनि छोराछोरीलाई पढाउनु पर्ने करकाप ,बाध्यता हुन्छ l टुप्पी सम्म ऋण लिएर भएता पनि सन्तानलाई लगानी गर्नै पर्छ l

यी सब कुराहरूमा अमेरिकामा केही निश्चित वर्ष पछि अमेरिकामा अभिभावक बाध्यता हुदैनन् l सन्तानले दुख दिन सक्दैनन् l किनभने १८ वर्ष पुगे पछि निस्की भन्न पाउने संस्कृति र समाज भएकोले छोरा छोरीले त्यस्तो लिडे ढिपी गर्दैनन् l अमेरिकामा सक्दैनन् l र ,अभिभावकले जसरि भए पनि ,जे गरेर भए पनि नेपाल जस्तो सन्तानलाई पढाउनु पर्ने बाध्यता हुँदैन l आफै पाखुरी चलाउने कुरामा विश्वस्त हुन्छन् l आफै सानो उमेर देखि नै कमाउने पेसामा संलग्न हुन्छन् l

अमेरिकामा पनि सन्तानको भविष्यको लागि बाउआमाले ठुलो लगानी पनि नगर्ने भन्ने चाही हैन l उनीहरूले कमाएको सम्पत्ति आखिर उनीहरू कै हुन्छ l तर नदिए पनि हुन्छ l अमेरिकामा पनि बुवा आमाले सन्तानलाई सके सम्म राम्रो शिक्षा दिक्षा दिन चाहन्छन l दिई पनि रहेका हुन्छन् l गर्दै नगर्ने भन्ने चाही कदापि हैन l

तथापि नेपाल जस्तो आर्थिक रूपले कम्जोर ,मध्यम वर्गले जस्तो सन्तानको सुन्दर तथा उज्ज्वलमय भविष्य निर्माणको लागि अमेरिकाका नागरिकले गर्ने चलन छैन l सानो उमेर देखि नै स्वावलम्बन ,आफ्नो खुट्टामा आफै उभिने र त्यस्तो वातावरण प्रदान गर्नुको साथै सरकारले नै त्यस्तो सुविधा तथा नीति अवलम्बन गरेकोले नेपाल जस्तो टुप्पी बेचेर भए पनि छोराछोरीलाई अध्ययन गराउनु बाध्यता हुदैनन l

प्रतिक्रिया