अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको छ-चित्रबहादुर केसी

बिआरटीनेपाल २०७३ मंसिर १५ गते ६:०७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् । संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको बताए ।

वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले संघियता नै देशको लागि क्यानसर भएको आरोप लगाए । मद्येशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक जुट हुनु पर्ने बताए ।

नेकपा एमालेले पनि महाकाली संधीमा गरेको जस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय जनमोर्जाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन नहुने भन्दै उनले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू