अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

अल्पायुमै निधन भएका पत्रकार न्यौपाने र बोहोरालाई सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार

बिआरटीनेपाल २०७३ मंसिर १४ गते ८:३९ मा प्रकाशित

अल्पायुमै निधन भएका पत्रकार द्वय सञ्जय न्यौपाने र कर्ण बोहोरालाई सबैभन्दा ठूलो धनराशीको पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । गत कात्तीक २० गते निधन भएका पत्रकार सञ्जय न्यौपाने र मंसिर १० गते निधन भएका पत्रकार कर्ण बोहोरालाई रू ५ लाख रुपैयाँको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।

प्रेश काउन्सील नेपालले मंगलवार प्रेस बिज्ञेप्ती जारी गर्दै रू पाँच लाख रुपैयाँको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको बताएको छ ।

कारोबार दैनिकका पुर्व सम्पादक एवं अग्रज आर्थिक पत्रकार ४५ बर्षिय सञ्जय न्यौपानेको एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी रोगको समस्याका कारण ललितपूरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका पूर्वअध्यक्ष, न्यूज २४ टेलिभिजनका संवाददाता तथा रेडियो पश्चिम नेपाल कञ्चनपुरका प्रबन्धक निर्देशक पञकार ३८ बर्षीय कर्ण बोहराको बिरामी श्रीमती कुर्न बसेको समयमा अचानक निधन भएको थियो ।

प्रेश काउन्सील नेपालले जारी गरेको बिज्ञप्ती

15281161_10202702862808222_591075611_n

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू