अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

१ हजार भन्दा बढी ब्लड बक्स बाड्दै गायक रामजी

बिआरटीनेपाल २०७३ मंसिर ७ गते ६:३९ मा प्रकाशित

एक समयका चर्चित गायक रामजी नेपालीले १ हजार १ सय ११ वटा ‘ब्लड बक्स’ जम्मा गरेर रक्त संचार केन्द्र र बिभिन्न अस्पतालमा हस्तान्तरण गर्ने भएका छन् । आम मानिसलाई एक ठाउँबाट अर्काे ठाउँमा रगत ओसार्न सजिलो होस् भन्ने हेतुले उनी यो अभियानमा लागेका हुन् ।

बिभिन्न अस्पताल तथा ब्लड बैंकमा रगत पाइन्छ । तर रगत बोग्ने भाँडोको अभाव छ । यसले गर्दा बिरामीले समयमै सेवा लिन नपाइरहेको अबस्था छ’, गायक रामजीले भने ‘त्यो आवश्यकतालाई केही सहज बनाउन मैले अभियान ल्याएको हुँ । ’

शरीरले रगत उत्पादन गर्न नसक्ने प्mयाङ्कोनी एनिमिया भन्ने रोगबाट पीडित जेठी छोरी काजल नेपालीको उपचारको क्रममा रगत उपलब्ध गराउन बिगत पाँचबर्ष देखि रक्तसंचार केन्द्र धाउदै आएका रामजीले ब्लड बक्सको अभावमा धेरै पटक समस्या भोगेका छन् । आफुले जस्तो दुःख अरु कसैले पनि भोग्नु नपरोस् भनेर अभियान चलाएको उनले बताए ।

रामजी अहिले सानो–सानो सहयोग जुटाएर भएपनि अभियान पुरा गर्न लागि परेका छन् । मठ मन्दिर, चैत्य गुम्बा र चर्चमा खोजिने धर्म भन्दा मानव सेवा नै ठुलो धर्म मान्ने रामजीले आफ्नो अभियानमा सहयोग गर्न आम मानिसलाई अपिल समेत गरेका छन् ।

‘अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कसले गर्ने’ भन्ने नारा रामजीको अभियानको रहेको छ । यो अभियानको सफलता पछि स्वास्थ्य क्षेत्रमा आबश्यक पर्ने अन्य सामग्रीको पनि संकलन अभियान चलाउने बिचार आफ्नो रहेको रामजीले सुनाए ।

२०५३ सालमा ‘घुम्न जाउला कान्छी बागलुङ बजार’ बोलको गीतबाट गायनमा डेब्यु गरेका गरेका हुन् । त्यति बेला हालसम्म गरेर उनले करिब डेढसय गीतमा स्वर तथा संगीत दिएका छन् । ‘जवानीमा तानेको गाजा’, ‘भिरको टुनी किन हो रुनी’, ‘सालैजो’ लगायतका दर्जनौ गीत हिट भएका छन् ।

रामजीले केही चलचित्रमा पनि संगीत दिएका छन् । छोरीको उपचारमा लागेका कारणले बिगत पाँच बर्षयता उनले गीत संगीतमा खुलेर लाग्न पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू