अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

सहयोगको लागि अपिल

बिआरटीनेपाल २०७३ मंसिर ३ गते ६:३५ मा प्रकाशित

फोक्सोको खराबीबाट पीडित बनेका खोटाङ दिक्तेल स्थायी ठेगाना भई काठमाण्डौमा बसोबास गर्दै आएका ५८ वर्षीया बिनोदकुमार थापा आर्थिक अवस्था कमजोर भएका कारण उपचारबाट वञ्चित हुनु परेपछि सबैमा सहयोगको याचाना गरेका छन् ।
विगत लामो समयदेखि फोक्सोले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा रहेका उनीलाई अस्पतालले उपचारका लागि नेपाली ७० लाख भन्दाबढी खर्च लाग्ने बताएको छ । आर्थिक अवस्था कमजोर र परिवारको मुली नै थला परेपछि सहयोगका लागि उनी र उनको परिवारले सबैमा आग्रह गरेका छन् । हाम्रो सानो सहयोगले उनले नयाँ जीवन पाउन सक्छन् । सबैले सहयोग गरौँ । सहयोगका लागि नेपाल सम्पर्क सुष्मा कार्कीको एसबिआई बैकमा रहेको खाता नं. २०३१५४१४०४८२७ मा सहयोग गर्न सकिने छ भने सम्पर्कका लागि ९८५१०९४३६२ रहेको छ । साथै कोरियामा सुवास थापाको सम्पर्क नं. ०१०९१३८९९३७ मा सम्पर्क गर्नसकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया