अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

ट्वाइलेटबाटै चुहिन्छ सेयर किनबेचको गोप्य सूचना

बिआरटीनेपाल २०७३ मंसिर १ गते २०:२८ मा प्रकाशित

सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै आफन्तलाई सूचना चुहाउने गरेको स्रोतलाई उद्धृत गर्दै आजको नागरिकमा खबर  छ ।

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः कारोआर भइरहेकै बेला बस्छ । बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।

सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निरासाजनक सुइँको पाए बेच्न थाल्छन् । पछिल्लो पटक एभरेष्ट बैंक र नेशनल लाइफ इन्सोरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू