अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

क्यालिफोर्निया डेभिस नगरमा देवकोटा जयन्ती

बिआरटीनेपाल २०७३ कार्तिक २५ गते १९:४७ मा प्रकाशित

आइतबार अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रमान्टो क्षेत्रमा अवस्थित डेभिस नगरमा आफ्नै शैलीको लक्ष्मीप्रसाद देवकोटा जयन्ती सफलताका साथ सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्दन क्यालिफोर्निया च्याप्टरको अगुवाइमा उक्त च्याप्टरका क्षेत्रीय उपाध्यक्ष प्रमोद अमात्यको संयोजकत्व, सल्लाहकार निरन्जन वाग्ले र साहित्यकार महेश गौतमको सकृयतामा उक्त साहित्यक गोष्ठी आयोजना भएको थियो ।

संयोजक प्रमोद अमात्यले सबै अतिथि तथा सर्जकहरूलाई नेपालको विभिन्न भाषा र शैलीमा स्वागत अभिवादन गर्नु भएको थियोे । कार्यक्रम अनेसास नर्दन क्यालिफोर्नियाका अध्यक्ष सर्वज्ञ वाग्लेले विशेष अतिथि वरिष्ठ संगीतकार तथा गीतकार मदनदीप बीनज्यूलाई खादा र ढाका टोपी प्रदान गरी आरम्भ गर्नु भएको थियोे ।

गीतकार तथा नेपाली चलचित्रका नायक बाबू आचार्यले आकर्षक शैलीमा कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा करिब ३० जना सर्जकले गीत, कविता, गजल, मुक्तक आदि वाचन गर्नुका साथै नेपालका चर्चित गीतकार वीरेन्द्र पाठकको गीत पनि वाचन गरिएको थियो । नेपालबाट नवीन देवकोटाको कविता अनि अमेरिकाको अन्य राज्यबाट पनि रचना प्राप्त भएको थियोे । थप आकर्षणका रुपमा रघुबर श्रेष्ठ र गीता पौडेलले लक्ष्मीप्रसाद देवकोटाको गीत गाउनु भएको थियो । साथै विशाल वाग्लेले पनि गीत सुनाएर मनोरञ्जन गरेका थिए ।कार्यक्रम शुरु हुन अघि नै ठूलो हल पूरा करिब सय जना भन्दा बढी दर्शकले भरिएको थियोे भने सर्जकको वाचन श्रोताहरुले शान्तिपूर्ण तरिकाले सुनेका थिए ।जुन आफैमा नौलो हो । गोष्ठीको अन्तमा सबैलाई खानाको व्यवस्था थियोे ।

नाफ्काका अध्यक्ष तारा बराल, अनेसास नर्दन क्यालिफोर्नियाका अध्यक्ष सर्वज्ञ वाग्ले लगायत अन्य अतिथिले आफ्नो मनतब्य राखेका थिए भने, नीरन्जन वाग्लेले धन्यवाद ज्ञापन र  विशेष अतिथि मदनदीप बीनले पनि आफ्नो गीतले सबैलाई मन्त्र मुग्ध बनाउनका साथै धेरैलाई नचाएका थिए । अन्तमा गीतकार र सल्लाहकार बासु ढकालले कार्यक्रम समापन गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू