अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

डिसीमा नेवा अर्गनाइजेसन अफ अमेरिकाको म्ह पूजा सम्पन्न

बिआरटीनेपाल २०७३ कार्तिक १७ गते ९:३५ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा स्थापित नेवा: समुदायको प्रतिष्ठित संस्था नेवा अर्गनाइजेसन अफ अमेरिकाले गत अक्टोबर ३१ तारिख मेरी ल्याण्डमा म्ह पूजा सम्पन्न गरेको छ l कार्तिक शुक्ल प्रतिपदाका दिन नेवा समुदायका मानिसले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने परम्परा छ ।

आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत रहेको छ । उक्त कार्यक्रम एनओए भाषा केन्द्रको पहलमा गरिएको हो भने विगत सन् २००६ देखि नै यसलाई निरन्तरता दिँदै आएको छ l dc3

अमेरिकामा जन्मेका बालबालिकालाई नेवा भाषा सहित विविध अतिरिक्त क्रियाकलापमा समर्पित उक्त उक्त भाषा केन्द्रले हरेक वर्ष म्ह पूजाको व्यवस्था गराउने गरेको छ l उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रममा वर्ल्ड नेवा अर्गनाइजेसन सभापति सिजन श्रेष्ठको साथै नेपालबाटआएका अतिथिहरुको पनि सहभागिता रहेको थियो l
कार्यक्रममा डिसी क्षेत्रका विभिन्न सङ्घ तथा संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो भने नेपाली राजदूतावासका उप नियोग प्रमुख जीवन प्रकाश श्रेष्ठ तथा आर्थिक सल्लाहकार कैलाश राज पोख्रेल परिवार सहित सहभागिता जनाएका थिए  ldc5

म्ह पूजामा नेवा अर्गनाइजेसन अफ अमेरिकाको तर्फ बाट नेवा सगुन तथा नेवा भोजको आयोजना गरिएको थियो l कुल मिलाएर १ सय १० जनाले म्ह पूजा गरेका थिए l उक्त पूजामा अनुपस्थिति रहेका नेवा समुदायका पुरोहित बासव राजोपाध्यायले लिखित रूपमा छोडेका पूजाका विधि तथा निर्देशन अनुसार सम्पूर्ण पाठ गरिएको थियो l
म्ह पूजा सँगै नेपालको मौलिक संवत् नेपाल संवत् ११३७ को नयाँ वर्ष पनि सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

कार्यक्रममा शङ्खधर साख्वाःको नेपालको पहिलो सजीव (एनिमेटेड) चलचित्र आगामी डिसेम्बर ११ तारिखमा देखाइने जानकारी दिइएको थियो l

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू