पाल्पा जिल्लाको तानसेन अर्गलीका बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेका कान्छा छोरा सागर पाण्डे यति बेला आफ्नो अनौठो कलाका कारण चर्चामा छन् । स्नातक तहमा अध्यनरत २२ वर्षीय सागर पाण्डे सर्पहरूलाई आफ्नो शरीरमा अनकुल वातावरणका साथ रहन दिने कलाका कारण यति बेला सञ्चार माध्ययममा पनि छाएका हुन् ।
ओछ्यानमा सुतिरहेकी केही दिन अघि मात्र जन्मिएकी आफ्नी बहिनीको छेउमा सर्प पुगेपछि बहिनीलाई बचाउन पहिलो पटक सर्प समाएका सागरले सर्प समाउने कामलाई निरन्तरता दिए । पहिलो पटक सर्प समाउँदा १५ वर्षका किशोर थिए सागर, किशोरावस्थाको उत्सुक मनोविज्ञानले उनलाई सर्पको साथी नै बनायो । सर्पलाई समातेर घरमा ल्याउने र केही दिन आफूसँगै राखेर फेरी त्यो सर्पलाई जङ्गल या अनुकूल स्थानमा लगेर छाडिदिने उनको काम र अनौठो स्वभावले परिवारमा केही दिन तनाव सृजना भए पनि पछि पछि परिवार र समाजले पनि यसलाई सामान्य लिनथाले पछि उनलाई सर्पबारे थप जानकारी लिने सहज भयो ।
केही सर्पहरूका साथैमा भेटिन्छन् प्राय उनी । फरक फरक प्रकृतिका सर्पको खोजी र तिनका स्वभावबारे आफ्नै क्षमताले दक्षता हासिल गरेका उनी आफूलाई अप्ठ्यारो अवस्था नआउँदा सम्म सर्पले मानिसलाई आक्रमण नगर्ने बताउँछन् । सागरका अनुसार उनले सर्पलाई समातेर घरमा ल्याएपछि पनि उनी कै सर्पहरू उनको शरीरमा खेल्ने, उनको मुखभित्र छिर्दा पनि कुनै आक्रमण नगर्नुको कारण उनले आफ्नो शरीरलाई सर्पको वातावरण अनुकूल बनाउनु हो ।
सर्पमैत्री वातावरणमा आफ्ना शरीरमा सर्पलाई खेलाउने यी युवालाई सिकाइका क्रममा धेरै पटक सर्पहरूले डसे । दिनरात सर्पकै अनुसन्धानमा लागेका उनीलाई कुन सर्पले टोक्दा कति प्रतिशत मर्ने सम्भावना हुन्छ भन्ने समेत थाहा हुने भएकाले अहिले उनलाई छिमेकी गाउँ र छिमेकी जिल्लाहरूबाट समेत फोन आउने गर्छ । कसैको घरमा सर्प पसेर निकाल्न सकिएन भने उनलाई बोलाउने मान्छेहरूले पछिल्लो समय भने सर्पले टोक्यो भने पनि फोन गर्न थालेका छन् । नजिकै भएँ कुँदेर बिरामीको अवस्थाबारे जानकारी लिन पुग्ने सागर टाढाबाट यो सूचना आयो भने सर्पको फोटो खिचेर फेसबुक भाईबरमा पठाइदिन अनुरोध गर्दछन् र फोटो हेरेपछि उनी ती मानिसलाई मात्र होइन डाक्टरलाई पनि यो सर्पले टोकेको हो र विषको मात्र यति छ भन्न सक्छन् । त्यो हुँदा परिवारमा आतङ्कको स्थिति नरहने र छिटो उपचार समेत हुने गरेको छ ।
सागरलाई कयौँ पटक सर्पले टोकेका अनुभव जान्न खोज्दा उनले भने सबै सर्प मान्छे मरिहाल्ने खालका बिसालु हुँदैनन् । मानिस सर्पले टोक्दैमा मान्छे मरिहाल्छ भन्ने भ्रममा धेरै छन् जसका कारण घाइतेको मनोदशा पनि कमजोर हुन्छ । मेरो हकमा कुरा गर्दा सुरुमा धेरै सर्पले टोकेकाले यति बेला मेरो शरीरमा सर्पले डसिहाले पनि मेरो शरीरले कन्ट्रोल गर्न सक्छ । कयौँ सर्पको विष मेरो शरीरले लिएकाले पनि यो भएको हुन सक्छ ।
यसरी नै सर्प जादु देखाउने हरूले नि खेलाएको देखिन्छ नि भन्ने हाम्रो प्रश्नमा सागरले भने उनीहरूले खेलाउने सर्पको विष झिकेको हुन्छ, दाँत झिकेको हुन्छ भन्ने सुन्नमा आएपनि सर्प त्यसरी कसैको शरीरमा बस्नु भनेको उ अनकुलको वातावरण पाउनु नै हो । मेरो हकमा कुरा गर्दा मेरो मुखभित्र पसेर खेलेका सर्पहरूमा कुनैको पनि विष निकाल्ने या कुनै अङ्ग झिक्ने गरिएको छैन । यति बेला मेरो शरीरमा खेलिरहेका सर्पलाई आफू कुनै रुखको बोटमा रहेको अनुभव भई रहेको छ त्यसैले यिनीहरू आक्रमण गर्दैनन् ।
सागरको यो कलाबारे थाहा पाएका विज्ञानका विद्यार्थी समेत उनको घरमा पुग्ने गरेका छन् भने उनको यो कलाबारे जान्ने इच्छा हुनेहरु उनलाई भेट्न चाहिरहेका हुन्छन् । वातावरणिय हिसाबले सर्पको बारेमा बोल्ने यी युवा सरकारी तवरबाटै यसको अनुसन्धानमा केन्द्रित हुनु पर्ने बताउँछन् । आफू वातावरणकै क्षेत्रमा रहेर यही विषयमा काम गर्न चाहेको बताउने सागरले यही कलाका कारण टेलिसिरियल ट्वाक्क टुक्क रिटर्न्सको श्रृंखलामा पनि सर्प सहितको अभिनय गरेका छन् ।
उनीसँग गरिएको अन्तर्वाता साथै सर्पलाई मुखमा हालिएको भिडियो हामी चाडै नै बिआरटी नेपाल डट कममा प्रकाशित गर्नेछौ । प्रतीक्षा गर्नुहोला । THANKS.