अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३
| Colorodo: 05:48
सुडानमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । सुडानका नागरिकहरूले इतिहासमै सबैभन्दा ठूलो खाद्यान्न सङ्कट व्यहोर्नुपरिरहेको बताइएको छ । केही विज्ञहरूले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्यान्न सङ्कटको समस्या भोग्नुपरिरहेको छ ।
सुडानको खाद्य क्षेत्रका अधिकारीहरूका अनुसार त्यहाँको ४ करोड ५ लाख जनसङ्ख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या भोग्नु परिरहेको छ । खाद्यान्नको सङ्कट बढ्नुको प्रमुख कारण रुस र युक्रेन बीचको युद्ध रहेको पनि बताइएको छ । त्यसैगरी कृषि उत्पादनमा भएको ह्रासका कारण पनि यो समस्या बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।