अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५०
| Colorodo: 07:05
नेपालमा गएको २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९ जनाको पीसीआर र ३ सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका हुन् । अहिले नेपालमा कोरोना संक्रमणपछि निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
नेपालमा आज सक्रिय संक्रमितको संख्या १ लाख १ हजार २ सय ६३ छ । यस्तै थप १ सय ४५ जनाको कोरोना संक्रमण कारण ज्यान गएको छ ।