गएको २४ घण्टामा नेपालमा ८ हजार ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ३ सय १५ जनाको पीसीआर विधिमार्फत र ९ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ हजार ४ सय १८ जनालाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।
यसैबीच गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म ३ हजार ६ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आज ३ हजार भन्दा धरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा ३ हजार ३ सय ७० जनाले कोरोना भाइरसलाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।
डाक्टरले कोरोना संक्रमण भए पनि नआत्तिएर आत्मबल बलियो बनाउन आग्रह गर्दै आएका छन् । शरीरमा अक्सिजनको मात्रा नाप्ने र कम भएमा अक्सिजन बढाउन घोप्टो परेर सुत्नु पर्ने डाक्टले बताएका छन् । अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए घोप्टो परेर सुत्ने गरे अक्सिजन बढाउन सकिन्छ । तर, जटिल अवस्थाका बिरामीलाई भने तुरुन्त अस्पताल लैजानु पर्ने डाक्टरको भनाइ छ ।