अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१
| Colorodo: 19:56
रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो कार्यकाल लम्ब्याउन सक्ने कानुनमा हस्ताक्षर गर्नुभएको छ। सन् २०२४ मा आफ्नो कार्यकाल सकिएपनि पुटिनले २०३६ सम्म सत्तामा रहन सक्ने कानुनी व्यवस्था गर्नुभएको हो ।
नयाँ कानुन जारी भएसँगै आफ्नो कार्यकाल सकिएको ६ वर्षसम्म पुटिनले शासन गर्ने बाटो खुल्नेछ । राष्ट्रपति पुटिनका कार्यकाल लम्ब्याउनका लागि रुसले गत वर्ष नै संविधान संशोधन गरेको थियो ।
नयाँ कानुनी व्यवस्थासँगै ६८ वर्षिय राष्ट्रपति पुटिनले रुसमा ८३ वर्षको उमेरसम्म रुसको नेतृत्व गर्नुहुने छ । चौथो पटक राष्ट्रपति भएका पुटिनको यो दोस्रो कार्यकाल हो । फ्रान्समा गत वर्ष विपक्षीहरुले पेन्सन सुधारको माग राख्दै आन्दोलनसमेत गरेका थिए । तर राष्ट्रपति पुटिनले सो माग सम्बोधन गर्न कानुन संशोधन भइसकेको बताउँदै आउनुभएको छ ।