नेपालमा कोरोना भाइरसका संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार १८ हजार ४ सय ७३ जनाको नमुना परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार कोरोना पुष्टि भएकाको यो संख्या एकैदिन संक्रमण पुष्टि भएका संख्यमध्ये अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो । यसैबीच, २४ घण्टामा दुई हजार ६ सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।
अहिले नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ४ सय ६० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।