अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६
| Colorodo: 18:01
पोखरामा आठौं सिटी रेवान महोतवि तथा फुड फेष्टिवल हुने भएको छ । आयोजक सिटी रेवान पोखराका अनुसार यहि फागुन २३ गतेदेखि २५ गतेसम्म फेष्टिवलको आयोजना गरिएको हो । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखराको सृजनाचोकदेखि आलु माईला चोकसम्म महोत्सव र फेष्टिवलको आयोजना गरिएको जानकारी दिईयो ।
फेष्टिवलमा ब्यवसाय तथा रेष्टुरेन्ट प्रयोजनका १६ र अन्य १० गरी जम्मा २६ स्टल रहने बताईएको छ । महोत्सवका आकर्षणहरुमा लोक दोहोरी, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, रत्यौेली गीत प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ भने आम्दानी २० लाख ५० हजार बरावरको हुनेछ । महोत्सवमा प्रवेश निशुल्क हुनेछ ।