अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३
| Colorodo: 01:28
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार नै स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति निकाली जानकारी दिनुभएको छ ।
प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियता हुन भन्दै राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिनुभएको थियो ।
राजीनामामा उहाँले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।