अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४
| Colorodo: 01:49
प्रदेश ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको नेतृत्वमा प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनु पर्ने भन्दै नामाकरणको सन्दर्भमा नेकपा सचिवालयले गरेको निर्णय सच्याउन आग्रह गरेको छ ।
आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङका अनुसार प्रदेशको नाम नेवाः तामसालिङ हचुवाको भरमा नभई जनसंख्या र पहिचानको आधारमा माग गरेको बताईएको छ । हेटौंडामा भइरहेको प्रदर्शनमा नेवाः तामसालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङसहित विभिन्न जातीय संस्थाहरूले समर्थन गरेको तामाङ घेदुङ मकवानपुरका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिनुभयो ।