अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 15:25

स्पेनमा ५० वर्षयताकै खराब बाढी : ९५ जनाको ज्यान गयो, कयौँ वेपत्ता

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते २१:०५ मा प्रकाशित

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । वेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ ।

अहिले बाढीले ज्यान गुमाउनेको सङ्ख्या सन् १९७३ पछि देशको सबैभन्दा धेरै हो । त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको ज्यान गएको थियो । स्पेनका राष्ट्रपति पेड्रो सान्चेजले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । पीडितले बाढी तीब्र गतिको सुनामी जस्तै रहेको प्रतिक्रिया दिएका छन् ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले स्पेनमा आएको बाढीलाई अझ खराब बनाएको बताएका छन् । राष्ट्रपति सान्चेजले नागरिकहरूलाई सतर्क रहन आग्रह गर्दै सम्पूर्ण स्पेन पीडितसँगै रोइरहेको बताउनुभएको छ । बाढीले कयौँ सडक र सहरलाई नदीमा परिणत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू