अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

सरकारले बढायो गृह मन्त्रालयको बजेट

बिआरटीनेपाल २०८१ जेठ १५ गते ५:०४ मा प्रकाशित

सरकारले गृह मन्त्रालयको बजेट बढाएको छ । आर्थिक वर्ष २०८१/०८२ का निम्ति गृहलाई एक खर्ब ९९ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेटभन्दा यो बढी हो ।

गृह मन्त्रालयलाई चालु आर्थिक वर्षका निम्ति सरकारले एक खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू