अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

इरानी राष्ट्रपति रायसी चढेको हेलिकप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०८१ जेठ १२ गते ६:०२ मा प्रकाशित

इरानी राष्ट्रपति इब्राहिम रायसी र उहाँको टोलीका सदस्यहरूको ज्यान जाने गरी भएको  हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनापछि गठन भएको विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक उच्च स्तरीय छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनअनुसार हेलिकप्टर पूर्वनिर्धारित मार्गमै रहेको थियो । घटना हुनुभन्दा झण्डै डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अरु दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै शङ्काष्पद मुद्दा फेला नपरेको उल्लेख छ । रायसी र उहाँको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतवार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । रायसीलाई अस्ति बिहीवार उहाँको गृहनगर मशहदको इमाम रेजाको मन्दिरमा अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू