अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:०२ मा प्रकाशित

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ ।

ट्रेलर सार्वजनिक भएपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता दयाहाङ राईले एउटा विकट गाउँमा राई समुदायको परिवेशभित्रको परिवारको कथालाई चित्रित गरिएको बताए उनले चलचित्रको कथावस्तुले आफ्नै घरको महशुस गराउने बताए । उनले आफू ८ कक्षामा अध्ययनरत हुँदा नै चलचित्र बन्ने भनेको सुनेपनि अहिले आफ्नै लागि यतिका समयसम्म नबनेको हो की भन्ने महशुस गराएको बताए ।

गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बाले अभिनय रहेको छ । महेश राई र निर्देशक नविन सुब्बाले लेखेको चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले संगीत दिएका छन् । चलचित्र जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू