अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

सन्दीपलाई भिसा दिलाउने गरी सहजीकरण गर्न खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र

बिआरटीनेपाल २०८१ जेठ १० गते ७:१३ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार लामिछानेलाई विश्वकप खेल्न पठाउन मन्त्रालयले पहल जारी राखेको छ । जसका लागि आज  युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको छ । सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको सचिवालयले जानकारी दियो ।

यता, खेलकुदमन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको जानकारी दिनुभयो । उहाँले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताउनुभयो । मन्त्रालयका अनुसार अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा कामकारबाही अगाडि बढाउनेछ । लामिछानेले आफूलाई टी–ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिनुभएको थियो । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू