अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना : ७ जनाको ज्यान गयो, २० जना घाइते

बिआरटीनेपाल २०८१ वैशाख १० गते ८:२८ मा प्रकाशित

श्रीलङ्कामा कार रेस प्रतियोगितामा दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । मध्य श्रीलङ्काको दियातलावा शहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्रयाकबाट हटेर ठक्कर दिँदा आयोजकसहित सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परि २० जना घाइते भएका छन् । दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ । प्रतियोगिता हेर्न झण्डै एक लाख मानिस जम्मा भएका थिए । घटनापछि कार्यक्रम स्थिगत भएको छ । श्रीलङ्काको सैनिक एकेडेमीले आयोजना गरेको यो प्रतियोगिताको २८ औँ संस्करण थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू