अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

गण्डकी प्रदेश : हरिबहादुर चुमानलाई आर्थिक मामिला र दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:५३ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री अधिकारीले मन्त्रीको जिम्मेवारी बाँडफाँट गर्नुभएको हो ।

दीपक मनाङेलाई यसअघिकै मन्त्रीमा निरन्तरता दिइएको हो । सभामुख कृष्णप्रसाद धिताललाईसमेत हस्ताक्षरमा दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँले २५ गते नै ३ सदस्यीय मनित्रपरिषद् गठन गरे पनि जिम्मेवारी तोक्नुभएको थिएन ।

चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गर्नुभको भए पनि अधिवेशन शुरु गरेर अनिश्चितकालका लागि स्थगित गरिएको छ । सभामुखलाईसमेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेसले दर्ता गरेको रीटमा सर्वोच्च अदालतले पर्सि सोमवारका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू