अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

‘नेशनल पेमेन्ट गेटवे’ प्रकरण : सुनील पाैडेल दाेषी ठहर, आठ जनालाई सफाइ

बिआरटीनेपाल २०८१ वैशाख ७ गते ७:२६ मा प्रकाशित

‘नेशनल पेमेन्ट गेटवे’ खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालील कार्यकारी निर्देशक एवम् नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पाैडेललाई दाेषी ठहर गरेकाे छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज पौडेललाई दोषी ठहर गरेको हो । अदालतले पौडेलको सजाय निर्धारणका लागि यही वैशाख २५ गते पेसी ताेकेकाे छ । यस्तै अदालतले यस प्रकरणमा बहालवाला सचिव मधु मरासिनीसहित आठ जनालाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नेशनल पेमेन्ट गेटवे’ खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणमा गएकाे असोजमा सचिव मरासिनीसहित नाै जनामाथि भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू