अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतले माग्यो पीडितको जन्मदर्ता

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:४० मा प्रकाशित

उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ लाई बालिग ठहर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू