अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

जेरूसलेम र तेल अविभ लगायतका सहर भ्रमण नगर्न अमेरिकाद्धारा आफ्ना कर्मचारीलाई आग्रह

बिआरटीनेपाल २०८० चैत ३० गते ६:३० मा प्रकाशित

अमेरिकाले इसराइलस्थित दूतावासमा कार्यरत आफ्ना कर्मचारीहरूलाई यात्रा प्रतिबन्ध लगाएको छ। इसराइलमा इरानले आक्रमण गर्ने खतरा रहेकाले अमेरिकी दूतावासमा कार्यरत आफ्ना नागरिकहरूलाई बाहिर ननिस्कन भनेको हो। बिबिसीका अनुसार इसराइलस्थित अमेरिकी दूतावासले जेरूसलेम, तेल अविभ, बेरसेवा लगायतका क्षेत्रहरूमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। इसराइलले ११ दिनअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डर र सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।

इरानले उक्त आक्रमणमा इसराइलको हात रहेको बताउँदै त्यसको बदला लिने घोषणा गरेको थियो। यद्यपि इसराइलले उक्त आक्रमणको जिम्मा लिएको छैन। इसराइल अक्टोबरदेखि प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासँगको लडाईंमा छ। सोही क्रममा हिजबुल्लाह लगायत हमासका अन्य सहयोगी विद्रोही समूहसँग उसको युद्ध जारी छ।

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइलमा इरानी आक्रमणको खतराबारे बताउँदै त्यसमा इसराइललाई रक्षा गर्न अमेरिका तयार रहेको बताउनुभएको थियो । इसराइलमा इरानले आक्रमण गर्छ कि उसको तर्फबाट सहयोगी राष्ट्र तथा अन्य विद्रोही समूहले आक्रमण गर्छ भन्ने निश्चित नभएको बिबिसीले उल्लेख गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू