अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

राष्ट्रिय हाइकु महोत्सव सम्पन्न

बिआरटीनेपाल २०८० माघ २७ गते ५:०० मा प्रकाशित

नेपाल हाइकु संघले काठमाडौंमा राष्ट्रिय हाइकु महोत्सव–२०८० सम्पन्न गरेको छ । उक्त अवसरमा विभिन्न सर्जकलाई हाइकु सम्मान प्रदान गरियो ।

नेपाली हाइकु कवितामा योगदान पुर्याउने भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा।बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन ‘अमर’, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलाई हाइकु सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न हाइकुकारले हाइकुवाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू