अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

बेलायतका राजा चार्ल्सलाई क्यान्सर, सार्वजनिक जिम्मेवारीबाट टाढा रहन सुझाव

बिआरटीनेपाल २०८० माघ २३ गते ४:४३ मा प्रकाशित

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ । उहाँको हिजैबाट उपचार सुरु गरिएको बेलायती राजदरबार बकिङ्घम प्यालेसले जनाएको छ । दरबारका अनुसार राज चार्ल्सको हालै गरिएको प्रोस्टेटको नियमित स्वास्थ्य परिक्षण र उपचारको क्रममा क्यान्सर पत्ता लागेको थियो । तर उहाँको क्यान्सर भने प्रोस्टेटको नभएको बताइएको छ । दरबारले यसबारे थप जानकारी गराएको छैन ।

७५ वर्षीय राजा चार्ल्सलाई उपचार अवधिभर सार्वजनिक जिम्मेवारीबाट टाढा रहन भनिएको छ । उहाँलाई लण्डनस्थित दरबारमै राखेर उपचार गरिँदैछ । केही समय छुट्टीमा रहनुभएका राजदरबारका उत्तराधिकारी युवराज विलियमले यसै हप्ताको अन्त्यबाट आफ्नो जिम्मेवारी समाल्नुहुनेछ । अमेरिकामा रहनुभएका राजकुमार ह्यारी पनि छिट्टै बेलायत फर्कने बताइएको छ ।

सेप्टेम्बर २०२२ मा तत्कालीन महारानी एलिजावेथ द्वितीयको निधनपछि बेलायतको सिंहासन राजा चार्ल्सले समाल्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू