अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२
| Colorodo: 05:57
भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।
नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको त्यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओमवीर लकोटासँग भेटवार्ता गरेको थियो ।