अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

जनवरीमा ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको सङ्ख्या उकालो लाग्दै

बिआरटीनेपाल २०८० माघ १८ गते ५:३१ मा प्रकाशित

सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार जनवरी महिनामा ७९ हजार १ सय जना पर्यटक आएका छन् । अघिल्लो वर्षको जनवरीको तुलनामा यो २४ हजार जनाले धेरै हो । सबैभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ७ हजार २ सय ६७ जना आएका छन् । कोरोना महामारीका कारण पछिल्लो ४ वर्षमा चिनियाँको सङ्ख्या निकै थोरै भएको थियो । तर चीनले यात्रा प्रतिबन्ध हटाएपछि नेपाल घुम्न आउने चिनियाँको सङ्ख्या निकै बढेको छ ।

यस्तै जनवरीमा अमेरिकाबाट ७ हजार ४७ जना, थाइल्यान्डबाट ४ हजार ६ सय १९ जना, दक्षिण कोरियाबाट ३ हजार ८ सय १२ जना, बङ्ग्लादेश ३ हजार ६ सय २९ जना, अस्ट्रेलियाबाट ३ हजार ४ सय २१ जना, बेलायतबाट ३ हजार २ सय ७६, भुटानबाट २ हजार २ सय २९ जना र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू